खाँदबारीमा सेफ्टीट्यांकीमा निस्सासिएर दुईजनाको मृत्यु
संखुवासभा – सङ्खुवासभाको खाँदबारी नगरपलिका–४ सेकाहामा सेफ्टी ट्याङ्कीमा निस्सासिएर बेहोस भएका दुई जनाको ज्यान गएको छ । सेफ्टी ट्याङ्कीको ढलान खोल्ने क्रममा ट्याङ्की भित्र छिरेका खाँदबारी–४ सेकाहाका ईश्वर राई र तारावीर गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक कविन राईले बताउनुभयो ।
नरेश गुरुङको घरमा बनाइएको सेफ्टी ट्याङ्की भित्रको ढलान खोल्न भनेर सुरुमा ईश्वर राई ट्याङ्की भित्र पस्नु भएको थियो । तर, उहाँ बेहोस भएपछि तारावीर ट्याङ्की भित्र पस्नु भएको थियो । हिजो बेलुका ५ बजे दुवै जना सेफ्टी ट्याङ्कीमा बेहोस भएपछि उद्धार गरेर उहाँहरुलाई जिल्ला अस्पताल सङ्खुवासभामा लगिएको थियो ।
उहाँहरुको उपचारका क्रममा हिजो नै ज्यान गएको अस्पतालले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्