कामपाको नीति तथा कार्यक्रममाथिको छलफल आइतबारदेखि
काठमाडौँ महानगरपालिकाको आर्थिक वर्ष २०७८÷७९ का लागि प्रस्तावित नीति तथा कार्यक्रममाथिको छलफल आइतबारसम्मका लागि स्थगन गरिएको छ ।
प्रस्तावित नीति तथा कार्यक्रमको अध्ययनका लागि महानगरपालिकाका उपप्रमुखसहित कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले दुई दिनको समय माग गरेपछि शुक्रबारदेखि पुनः सञ्चालन हुनुपर्ने बैठक आइतबारसम्मका लागि स्थगन गरिएको हो । बिहीबार नवौँ नगरसभाको पहिलो बैठकमा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले नीति तथा कार्यक्रम प्रस्ताव गर्नुभएको थियो ।
“बिहीबार बैठकमा नेपाली कांग्रेसका तर्फबाट उपप्रमुखलगायत धेरैजसो साथीहरु अनुपस्थित हुनुभयो”, प्रमुख शाक्यले भन्नुभयो, “सबैको उपस्थितिमा छलफल गरेर सर्वसम्मत रुपमा नीति तथा कार्यक्रम पारित गर्ने विगतको परम्पराअनुसार बैठक आइतबारका लागि सारिएको हो ।” प्रमुख शाक्यले यही असार १० गते बजेट ल्याउनै पर्ने कानूनी बाध्यतालाई समेत ध्यानमा राखेर नेपाली कांग्रेसतर्फका जनप्रतिनिधिसँग आइतबार छलफल गरिने जानकारी दिनुभयो । नगरसभामा पेश भएको नीति तथा कार्यक्रमलाई अझ परिपक्व बनाउन उहाँहरुबाट गहकिलो सुझाव आउने अपेक्षा लिएको पनि प्रमुख शाक्यले बताउनुभयो ।
“बजेट पेश गर्ने उपप्रमुखले नै हो, मैले त्यो विषयमा पनि उहाँहरुलाई जानकारी गराएको छु, बजेट तर्जुमा समितिको संयोजक नै उपप्रमुख हुने भएकाले त्यो विषयमा उहाँहरु जानकार हुनुहुन्छ भन्ने ठानेको छु”, शाक्यले भन्नुभयो, “हामी १० गते बजेट पेश गर्छौं ।
नीति तथा कार्यक्रममा सय श्ययाको काठमाडौँ महानगर विशेष अस्पताल स्थापना गर्ने, विद्युतीय सवारी करमा शत्प्रतिशत छुट दिने, कोभिड–१९ को महामारीबाट प्रभावित करदातालाई विशेष छुट÷सहुलियत दिने, महानगरवासीलाई नागरिक स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने, एक वडा एक नमूना विद्यालय कार्यक्रम, शहरी स्वास्थ्य क्लिनिकबाट विशेषज्ञ चिकित्सकसहितको निःशुल्क सेवा जस्ता महत्वपूर्ण कार्यक्रम प्रस्ताव गरिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #कामपाको नीति तथा कार्यक्रम
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्