नदी दोहन विरुद्ध आक्रमक बन्दै टाँडीका (डिएसपी) राना : २१ वटा सवारी नियन्त्रण
चितवन । चितवनमा प्रहरीले अवैध रुपमा नदीजन्य सामाग्री उत्खनन गरी चोरी निकासी गर्ने २१ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ । चितवनका प्रहरी प्रमुख (एसपी) ओम प्रसाद अधिकारीको निर्देशनमा ईलाका प्रहरी कार्यालय रत्ननगरले रत्ननगर नगरपालिकाको वडा नम्बर १४ र १६ स्थित कयर खोलामा नदीजन्य पदार्थहरुको उत्खनन गर्दै गरेको अवस्थामा ती सवारीसाधनलाई नियन्त्रणमा लिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारी अनुसार हिजो (शुक्रबार) कयर खोलाबाट अवैध रुपमा उत्खनन तथा चोरी निकासी गरिरहेको अवस्थामा उनीहरुलाई इलाका प्रहरी कार्यालय, टांँडीबाट खटिएको प्रहरीको टोली नियन्त्रणमा लिईएको थियो ।

जिल्ला प्रशासन कार्यालय चितवनले आवश्यक कार्वाहीको लागी जिल्ला प्रहरी कार्यालय चितवनलाई बिहीबार दिउँसो पत्राचार गरेसँगै टाँडी प्रहरी (शुक्रबार) आक्रमक बनेको थियो । (डिएसपी) इन्द्रबहादुर राना आफैंले नेतृत्व गरेकोमा त्यस समय एक ट्रिपर,एक जेसिबी र १८ वटा ट्रयाक्टरलाई नियन्त्रणमा लिएको जनाइएको छ । उनीहरुलाई आबश्यक कारवाहीको लागी जिल्ला समन्वय समिति पठाईएको प्रहरीको भनाइ छ ।

नियन्त्रणमा लिइएको ट्याक्टर नम्बर :
१. ना ७ प ४७३७
२. ना ६ त ३३८
३. लु ३ त ७८४१
४. ना ५ त ९०२९
५. ना ४ त ४०५८
६. ना ६ त २५१३
७. ना ५ त ७६१५
८. ना ५ त ३४७
९. लु ४ त २७६
१०. लु ४ त ५८००
११. ना ६ ख ५१८६
१२. ना ५ त ५१८
१३. ना ३ त ५१०५
१४. ना ६ त ९३१५
१५. ना ६ त ४४८३
तथा ३ वटा वानटेष्ट ट्याक्टरहरु
नियन्त्रणमा लिइएको ट्रिप्परहरु:
१. ना ८ ख ८५८७
२. ना ८ ख ३२४२
नियन्त्रणमा लिइएको जेसिबी :
१. प्रदेश २ ००१ क ३०५
क्याटेगोरी : अपराध/सुरक्षा, फोटो फिचर, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्