चितवनमा ट्रकको ठक्करबाट (एसपी) अधिकारी सहित ६ जना घाइते
चितवन । चितवनमा प्रहरीको गाडीलाइ ठक्कर दिदा प्रहरी प्रमुख (एसपी) ओमप्रसाद अधिकारी सहित ६ जना प्रहरी घाईते भएका छन् । नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गतको भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित गाईघाटमा मालबाहक ट्रकको ठक्कर बाट जीपमा सवार प्रहरी प्रमुख (एसपी) अधिकारी सहित ६ जना प्रहरी घाईते भएका हुन् ।
नारायणगढ मुग्लिन सडक खण्ड अन्तर्गत निर्माणधीन पुल तथा सडकको अवस्थाका बारेमा अनुगमन गरी फर्किएको प्रहरीको बा २ ज ३४७२ नम्बरको जीपलाई काठमाडौंतर्फ गईरहेको ना ६ ख ६०११ नम्बरको मालबाहक ट्रकले ठक्कर दिएको थियो । ठक्करबाट प्रहरीको गाडीमा सवार सवै प्रहरी घाईते भएको र उनीहरुको अहिले पुरानो मेडिकल कलेजमा उपचार भईरहेको चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए ।
प्रमुख जिल्ला अधिकारी लामिछानेले भने, हामी मनसुन सुरु भएकोले विभिन्न ठाँउमा आफै सुरक्षा टोलीसहित निरीक्षण गर्ने अभियानमै थियौँ, मुग्लिन सडक र मुग्लिन पुलको अवस्थामा निरीक्षण गरेर फर्किदै थियौँ –एसपी साबको गाडी अगाडी थियो, एक्कासी ट्रकले हान्यो, धन्य केहि भएनन् ।
घाईते (एसपी) अधिकारीको टाउको, मुख र हातमा चोट लागेको छ भने, अन्य बाँकी ५ जना प्रहरीलाइ समेत चोट लागेको छ । घाईतेहरुको कलेज अफ मेडिकल साईन्सेस् शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ । ट्रकको ठक्करबाट प्रहरीको जीपको अगाडी भाग पूर्ण रुपमा क्षति भएको छ भने, ठक्कर दिने गाडी र चालक चितवन प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्