Techie IT
बुधबार, मंसीर ३,२०८३

पार्किङ गरिराखेको कार जमिन भासिएर खाल्डोमा


भारतको मुम्बईमा पार्किङ गरिराखेको कार खाल्डोमा खसेको भिडियो भारतमा निकै चर्चित भइरहेको छ ।

घटना आइतबार मुम्बईको घाटकोपर क्षेत्रमा भएको हो । भारी वर्षाका कारण पार्किङमा राखिएको कार मुनिको जमिन भासिएर कार पानीले भरिएको खाल्डोमा खसेको हो ।

मुम्बईको ट्राफिक प्रहरी विभागले दिएको जानकारी अनुसार त्यो कार त्यही क्षेत्रमा बस्ने डा.पी दोषीको हो । कार खाल्डोमा डुब्दै गरेको भिडियो नजिकै घर भएका एक युवाले घरको बरन्डाबाट खिचेका थिए।

आइतबार राति मुम्बई नगरको टिमले खाल्डोको सबै पानी बाहिर निकालेर क्रेनको सहायताले  निकै मुस्किल सँग कार बाहिर निकाले ।

कारधनी डा. दोषीले बताए अनुसार त्यहाँ करिब १०० वर्ष पुरानो इनार थियो । पछि त्यो इनारलाई स्ल्याबले छोपियो । त्यही स्ल्याब कमजोर भएर जमिन भासिँदा यस्तो घटना भएको हो।


क्याटेगोरी : समाचार
ट्याग : #पार्किङ गरिराखेको कार


तपाईको कमेन्ट लेख्नुहोस्