बिपत व्यवस्थापन प्रति समयमै सतर्कता अपनाउन पुर्ब राज्यमन्त्री खड्काको अपिल

केहिदिन यता परेको अविरल बर्षाका कारण मुलुकको विभिन्न स्थानमा ठुलो धनजनको क्षति भएको छ । अझै पुर्वी भागमा अविरल वर्षा हुने मौसम विदहरुको पुर्वाअनुमान भएकाले तिनतहकै सरकारलाई सजकता अपनाउन पुर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री दिपक खड्काले अनुरोध गर्नुभएको छ ।
क्षती न्युनिकरणमा लाग्न स्थानिय सरकार सँग पुर्ब राज्यमन्त्री खड्काले अपिल गर्नुभएको हो । आजबाट पुर्वी क्षेत्रमा अविरल वर्षा हुन सक्ने मौसम विदहरुको पुर्वाअनुमान रहेकाले सम्पुर्णमा सजक, सचेत र सुरक्षित रहन खड्काले अनुरोध गर्नुभएको छ । अविरल वर्षाका कारण मुलुकको विभिन्न स्थान सिन्धुपाल्चोक, लमजुङ, गोरखा, कास्की, मनाड़, मुस्ताङ लगायतका जिल्लाहरुमा भयावह स्थिती श्रृजना भई ठ्रलो मात्रामा जनधनको क्षति भएको प्रति दुख व्यक्त गदै मृत आत्मा प्रती भावपुर्ण श्रद्धाञ्जली तथा परिवारजनमा समेवदना समेत प्रकट गर्नुभएको छ । पिडितालई क्षतिपूर्ति, राहत र उद्धारको उचित व्यवस्था मिलाउन सरकार संग खड्काले अपिल मार्फत जोडदार माग गर्नुभएको हो ।
पूर्व राज्य मन्त्रीको अपिल
” अपिल “
केहिदिन यता मुलुकमा परेको अविरल बर्षाका कारण भयावह स्थिती श्रृजना भएको छ। ठूलो मात्रामा जनधनको क्षति भएको छ । मृत आत्मा प्रती भावपुर्ण श्रद्धाञ्जलि तथा परिवारजनमा समबेदना प्रकट गर्द्छु । क्षतिपूर्ति , राहत र उद्दारको उचित ब्याबस्था मिलाउन सरकार सङ्ग जोड्दार माग गर्दै उद्दारमा खटिनुहुने सम्पुर्ण महानुभाबहरुमा आभर ब्यक्त गर्दछु । आज बाट फेरि नेपालको पुर्बी भागमा अविरल वर्षा हुने मौसम बिदहरुको भनाइ छ । तसर्थ संखुवासभा लगायत सम्पुर्ण पुर्बी नेपालका तिनतहकै सरकार र सरोकार निकायहरुमा अबश्यक तयारीमा रहन र क्षति हुन नदिन पुर्णरुपले ब्यबस्थित हुन विशेष आग्रह गर्दछु । सथै सम्पुर्ण आमा बुवा , दिदिबहिनी दाजुभाइहरुमा पनि सजक सचेत र सुरक्षित रहन अनुरोध गर्दछु ।
“जय नेपाल”
दिपक खड्का-
पुर्व खानेपानी तथा सरसफाई राज्य मन्त्री
संखुवासभा
क्याटेगोरी : tags, विशेष, समाचार
ट्याग : #पूर्व राज्यमन्त्री दिपक खड्का, #संखुवासभा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्