तनहुँवासी लण्डनमा कार्यरत सेफ अर्जुनबहादुर थापाद्धारा आविष्कार केन्द्रलाई एकलाख सहयोग
काठमाण्डौ, १असार । नमस्ते गोर्खा नेपलीज रेष्टुरेण्ट बेलायतको लण्डनमा सञ्चालन गर्दे आउनुभएका तनहुँ बन्दीपुर नगरपालिका —१ बेलभञ्ज्याङ निवासी अर्जुनबहादुर थापाले राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गर्नुभएको छ ।
सो आविष्कार केन्द्रले कोभिड १९ विरुद्ध गर्ने स्वास्थ्य सामग्री उत्पादनसहितका काममा योगदान पुगोस भन्ने अभिप्रायले इन्टरनेशनल नेप्लीज सेफस सोसाइटीका अध्यक्ष समेत रहनुभएका अर्जुन बहादुर थापाले एक लाख रुपैया नगद सहयोग गर्नुभएको हो ।

होटेल म्यानेजमेण्ट एण्ड टे«निङ सेन्टर हालको नाथमबाट तालिम लिएर पछि त्यहि प्रशिक्षक समेत रहनुभएका थापाले नेपाल, दुवई, जापान र युकेमा नेपाली, भारतीय तथा अन्य विभिन्न खाना पकाउने काममा तीन दशकको अनुभव हासिल गर्नुभएको छ ।
विगत डेढ दशकदेखि वेलायतमा रहेर विदेशी नेपाली माझ प्रतिष्ठित सेफसका रुपमा परिचित थापाले हाल नमस्ते गोर्खा रेष्टुरेण्ट लण्डनको फेल्थममा चलाउँदै आउनुभएको छ ।
हाल लण्डनकै प्रसिद्ध फ्रेन्च कुकीङ स्कूलमा कुलीनरी आटर्स एण्ड म्यानेजमेण्टमा स्नातक अध्ययनरत थापा व्रिटीस करी अवार्ड विजेता पनि हुनुहुन्छ ।
उहाँ बिजनेस एडमिनिस्टे«सनमा त्रिभुवन विश्वविद्यालयबाट स्नातक हुनुहुन्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #मस्ते गोर्खा नेपलीज रेष्टुरेण्ट
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्