प्रदेश तहमा कोभिड–१९ युनिफाइड अस्पताल तोक्ने तयारी

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सातवटै प्रदेशमा ‘कोभिड–१९ युनिफाइड प्रादेशिक अस्पताल’ तोक्ने तयारी गरेको छ । कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)ले प्रदेशमा सञ्चालन भइरहेका अस्पताललाई ‘कोभिड–१९ युनिफाइड प्रादेशिक अस्पताल’ तोक्ने तयारी गरिएको छ ।
केन्द्रीय अस्पतालका प्रमुख प्रशासकीय अधिकारीमा डा जागेश्वर गौतमले प्रदेशस्तरमा अहिले सञ्चालन भइरहेका सङ्घअन्तर्गत अस्पतालाई नै युनिफाइड प्रादेशिक अस्पताल बनाउने तयारी भइरहेको जानकारी दिनुभयो । ती अस्पतालले कोभिड–१९सँगै अन्य बिरामीको पनि उपचार गर्न सक्ने छन् ।
केन्द्रीय अस्पतालले नै प्रदेश सरकारसँग समन्वय गरी प्रदेशस्थित सङ्घ वा प्रादेशिक अस्पतालाई कोभिड–१९ युनिफाइड प्रादेशिक अस्पतालको रुपमा तोक्ने सक्ने व्यवस्था रहेको छ ।
उहाँका अनुसार प्रदेश–१ मा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश–२ जनकपुर प्रादेशिक अस्पताल वा नारायणी अस्पताल वीरगञ्ज, वागमती प्रदेशमा भरतपुर अस्पताल, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशमा भेरी प्रादेशिक अस्पताल, कर्णाली प्रदेशमा कर्णाली प्रादेशिक अस्पताल र सुदुरपश्चिम प्रदेशमा सेती प्रादेशिक अस्पताललाई युनिफाइड अस्पताल बनाउन सकिन्छ ।
उहाँले यी अस्पताललाई युनिफाइड प्रादेशिक अस्पताल तोक्ने विषयमा मन्त्रालय र प्रदेश सरकारसँग छलफल भइरहेको बताउनुभयो । सरकारले कोभिड–१९ सङ्क्रमितको निदान र उपचारको काम एकीकृतरुपमा सञ्चालन र व्यवस्थापन गर्न केन्द्र र प्रदेशमा छुट्टाछुट्टै युनिफाइड अस्पताल सञ्चालनमा ल्याइने निर्णय गरेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्