खाँदबारी नगरपालिका ३ का कृषकलाई अनुदानमा आधुनिक हलो बितरण
सङ्खुवासभा- खाँदबारी नगरपालिकाको ३ न. वडाले कृषकलाई आधुनिक हलो वितरण गरेको छ।
परम्परागत कृषि पेसालाई व्यवसायिक र आधुनिकीकरण बनाउन ३ न. वडा मानेभञ्ज्याङले कृषकलाई १० वटा आधुनिक हलो (मिनीटिलर) उपलब्ध गराएको हो । ३ न. वडाले कृषकलाई अनुदानमा आधुनिक हलो वितरण गरेको ३ न. वडाको अध्यक्ष भरत कुमार घिमिरेले बताउनुभयो ।

श्रम र समयको बचत, सीमित जनशक्तिबाट पर्याप्त काम हुने भएपछि किसान हाते ट्याक्टरको प्रयोगतर्फ आकर्षित भएका छन् । किसानले राज्यले गरेको लगानी खेर नफाली उत्पादनमा वृद्धि गर्दै बढी भन्दा बढी मात्रामा आर्थिक उपार्जन तर्फ लाग्न वडा अध्यक्ष घिमिरेले आग्रह गर्नुभयो ।
वडा भित्रका किसानलाई व्यवसायिक कृषि प्रणालीको शुरुवात गर्न ५० प्रतिशत अनुदानमा मिनीटिलर उपलब्ध गराएको ३ न. वडाले जनाएको छ । प्रतिगोटा ५४ हजार ८ सय रुपैया मूल्य पर्ने मिनीटिलर वडाको ५० प्रतिशत अनुदानमा वितरण गरेको अध्यक्ष घिमिरेले बताउनुभयो ।
आधुनिक हलो पाएपछि गोरुलाई घाँसपात गर्ने समयको बचतले कृषि पेसामा सहज हुने खाँदबारी -३ का कृषक रुकमणि गुरुङले बताउनुभयो । पहिलो पटक खाँदबारी नगरपालिकामा वडाको आन्तरिक बजेट मार्फत अनुदानमा किसानलाई मिनिटिलर वितरण गरिएको हो ।

क्याटेगोरी : फोटो फिचर, समाचार, स्थानीय
ट्याग : #खाँदबारी नगरपालिका, #भरत कुमार धिमिरे, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्