पाँचखपन नगरपालिकाले शुरु गर्यो राहत बितरण कार्यक्रम
पहिलो चरणमा ८१ परिवारले पाए राहत
संखुवासभाको पाँचखपन नगरपालिकामा राहत वितरण सुरु गरिएको छ । कोरोना भाइरसबाट प्रभावित तथा संक्रतिका परिवारलाई शनिबार देखि राहत वितरण सुरु गरिएको नगरपालिकाले जनाएको छ । आजै वडा नं. १ मा ८१ घर परिवारलाई राहत वितरण गरिएको १ नं. वडाका अध्यक्ष टेक बहादुर बुढाथोकीले बताउनुभयो ।
नगर भित्रका १ देखि ४ जनाको परिवारलाई एक बोरा चामल, २ किलो दाल, १ लिटर तेल र साबुन वितरण गरिएको छ भने ५ देखि ७ जनाको परिवारलाई डेढ बोरा चामल, ३ किलो दाल, २ लिटर तेल र साबुन वितरण गरिएको हो । त्यस्तै ८ जना भन्दा धेरै संख्या रहेको परिवारलाई २ बोरा चामल, ४ किलो दाल, ३ लिटर तेल र साबुन वितरण गरिएको अध्यक्ष बुढाथोकीले बताउनुभयो । आइतबार वडा नं. ६ का संक्रमित परिवारलाई राहत वितरण गरिने वडा नं. ६ का अध्यक्ष नरेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
क्याटेगोरी : tags, समाचार, स्थानीय
ट्याग : #पाचखपन नगरपालिका, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्