कोरोना जोखिम कायमै रहेकाले निषेधाज्ञा तत्काल खुकुलो बनाउने अवस्था छैन : स्वास्थ्य मन्त्रालय
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको जोखिम कायमै रहेकाले हाल जारी निषेधाज्ञा खुकुलो बनाउने अवस्था नरहेको जनाएको छ ।
सरकारले कोरोना संक्रमणलाई नियन्त्रण गर्न डेढ महिनादेखि लगाईरहेको निषेधाज्ञा केही सहज गराउदै लैजाने विषयमा छलफल भईरहेको बेला स्वास्थ्य मन्त्रालयले निषेधाज्ञा सहज बनाउने बेला भईनसकेको जनाएको हो ।
मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले दिनहुँ परीक्षण गरिएका मध्ये २५ देखि ३० प्रतिशत व्यक्तिमा संक्रमण देखिएकाले अहिले नै निषेधाज्ञा खुकुलो बनाउन हुदैन भन्ने मन्त्रालयको धारणा रहेको बताउनुभयो ।
गृह मन्त्रालय सम्वद्ध अधिकारीहरुले भने संक्रमण दर कम भइरहेको भन्दै निषेधाज्ञालाई केही खुकुलो बनाउने विषयमा छलफल थालेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #स्वास्थ्य मन्त्रालय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्