गोर्खा वेलफेयरद्वारा संखुवासभा जिल्ला अस्पताल स्वास्थ सामाग्री सहयोग
खाँदबारी – संखुवासभा जिल्ला अस्पताललाई गोर्खा वेलफेयर ट्रष्टले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । वेलफेयरले मंगलबार एक कार्याक्रम विच १५ लाख ४२ हजार रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।

कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि आवश्यक स्वास्थ सामाग्री अस्पताललाई उपलब्ध गराएको एरिया वेलफेयर सेन्टर खाँदबारीका अफिसर पूर्ण लिम्बुले जानकारी दिनुभयो । वेलफेयरले जिल्ला अस्पताललाई ५ वटा अक्सिजन कन्सनटेटर, तिन सय थान पिपिइ सेट लगायतका स्वास्थ्य सामाग्री हस्तन्तरण गरेको हो । गोर्खा वेलफेयर ट्रष्ट नेपाल ग्रामीण खानेपानी तथा सरसफाई कार्यक्रमको तर्फबाट १८ प्रकारका सामाग्री सहयोग गरेको छ ।
कोभिड दोस्रो भेरियन्ट नियान्त्रको लागि वेलफेयर ट्रष्टले गरेको सहयोग महत्वपुर्ण रहेको अस्पताल व्यवस्थापन समिति अध्यक्ष तथा जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्यले बताउनुभयो । कोभिड संग लड्न र अन्य विरामी उपचारमा आवश्यक सामाग्री सहयोग गरेकोमा व्यवस्थापन समिति अध्यक्ष शाक्यले ट्रष्टलाई धन्यवाद दिनुभयो ।

क्याटेगोरी : tags, विशेष, समाचार, स्वास्थ्य
ट्याग : ##कोभिड१९, #गोर्खा वेलफेयर, #जिल्ला अस्पताल संखुवासभा, #लकडाउन, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्