संखुवासभामा गर्भवतीको हेलिकप्टरबाट उद्धार ( फोटोफिचर )

जिल्ला अस्पताल संखुवासभामा सुत्केरी पछि अत्याधिक रक्तश्राव भएकी संखुवासभा मांतेवाकी २६ बर्षीया मुना बिकको हेलिकप्टरबाट आज उद्धार गरिएको छ ।

सिलिचोङ गाउँपालिका ४ मांतेवाकी बिक सुत्केरी हुन बिहिबार जिल्ला अस्पताल आउनुभएको थियो । राष्ट्रपति महिला उत्थान कार्यक्रम र सरकारको आमा सुरक्षा कार्यक्रम अन्तर्गत उँहालाई हेलिकप्टरबाट उद्धार गरेर थप उपचारका लागि संघीय राजधानी पठाइएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताउनुभयो ।

जिल्ला अस्पतालमा डा भिमबहादुर लामाको टोलीले उँहाको शुक्रबार राति सफल सल्यक्रिया गरेका थिए । सुत्केरी भएपछि अत्याधिक रक्तश्राब भएपछि उँहालाई उद्धार गरेर काठमाण्डौ पठाउनु परेको अस्पतालका प्रशासन प्रमुख दीपेश श्रेष्ठले बताउनुभयो । रक्तश्राब धेरै भएपछि आमाको अवश्था बिग्रिदै गएको र बच्चाको पनि अवश्था सामान्य नभएपछि हेलिकप्टरको विकल्प नभएको चिकित्सकको भनाई छ ।

जिल्लाबाट धरान या विराटनगर रिफर गर्दा धेरै समय लाग्ने भएकाले उँहाको थप उपचार गर्न हेलिकप्टरनै ल्याउनु परेको हो । राजधानीमा सुत्केरी उँहाको प्रशुति गृह थापाथलीमा उपचार हुनेछ । मुनाको यो सातौ पटकको गर्भ रहेको उपचारमा सम्लग्न स्वास्थयकर्मीले जानकारी दिए ।

क्याटेगोरी : फोटो फिचर, विशेष, समाचार, स्वास्थ्य
ट्याग : #hot, #आमा सुरक्षा कार्यक्रम, #जिल्ला अस्पताल संखुवासभा, #राष्ट्रपति महिला उत्थान कार्यक्रम, #संखुवासभा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्