बालुवाटार निकट नेताद्वारा प्रचण्डलाई भ्रष्टाचारी घोषणा
जेठ । एमालेका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले आफू माओवादी केन्द्रमा फर्किने सम्भावना नरहेको बताएका छन् ।
नेता रायमाझीले विज्ञप्ति जारी गरेर माओवादी केन्द्रमा फर्किन लागेको भनेर आएका समाचारमा कुनै सत्यता नरहेको बताए ।
‘पछिल्लो समय केहि सञ्चार माध्यमहरूबाट मेरो नाम जोडेर नेकपा (माओवादी केन्द्र) मा फर्किन लागेको भनेर आएका आधारहीन, भ्रमपूर्ण एवं कपोकल्पित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, रायमाझीले भनेका छन् ।
‘प्रचण्डमा रहेका कुर्सी मोह (पदलोलुपता), अस्थिरता, परिवारवाद एवं भ्रष्ट आचरणका कारण उहाँ राजनीतिक एवं वैचारिक रुपमा नै विचलित भई सिङ्गो पार्टीलाई विघटन एवं विसर्जनको दिशमा अगाडि बढाउँदै कांग्रेस सभापतिको शरणामा पुगेको स्थिति छ’, उनले भनेका छन् ।
‘सुशासनसहितको स्थिरतामार्फत मुलुकमा दिगो, चौतर्फी विकास एवं समृद्धि तथा नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा एवं विकासका लागि अहिले हामी केपी ओलीको नेतृत्वमा रहेको कम्युनिष्ट पार्टीसंग एकता र सहकार्यको प्रक्रियामा नै रहेकोले औपचारिक रुपमा विघटनको घोषणा गर्न मात्र बाँकी रहेको माओवादी केन्द्रको आयू बढाउन गरिएका यी र यस्ता भ्रम एवं षड्यन्त्रपूर्ण झांसामा नआउन सम्पूर्ण आदरणीय देशभक्त एवं प्रगतिशील जनसमुदायमा हार्दिक अनुरोध छ’, नेता रायमाझीको विज्ञप्तिमा उल्लेख छ ।
रायमाझीले एमाले छाडेर फेरि माओवादी केन्द्रमा फर्कन प्रचण्डसँग वार्ता गरेको भनेर समाचार आएका थिए । ती समाचारको रायमाझीले खण्डन गरेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #प्रचण्ड
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्