तारकेश्वरमा वडास्तरीय रक्तदान कार्यक्रम आजदेखि सुरु
काठमाडौं । तारकेश्वर नगरपालिकामा आजदेखि वडास्तरीय रक्तदान कार्यक्रम सुरु भएको छ । आज पहिलो दिन नगर प्रमुख रामेश्वर बोहराले बिन्धबासिनी मन्दिरको पहिलो रक्तदाता सीता घलेलाई ब्लड ब्याग दिएर कार्यक्रम सुभारम्भ भएको घोषणा गरे । रक्तदान कार्यक्रममा नगर उपप्रमुख भवानी डाटेल धितालले पनि निरिक्षण गरेका थिए ।
आजको रक्तदान कार्यक्रममा ३५ जना रक्तदाताहरुबाट हिमाल ब्लड ट्रान्सफ्युजन सेन्टरले रगत संकलन गरिएको छ । जसमा ११ जना महिला र २४ पुरुषले रक्तदान गरेका थिए । स्वास्थ्यका सम्पूर्ण मापदण्ड पुरा गरेर गरिएको रक्तदान कार्यक्रममा रक्तदाताहरुलाई आवश्यकअनुसार पौष्टिक आहार खुवाइएको थियो ।
तारकेश्वर नगरपालिकाले आयोजना गरेको रक्तदान कार्यक्रमअनुसार आजदेखि असार २३ गतेसम्म निरन्तर चल्ने नगरप्रमुख रामेश्वर बोहराले बताउनुभयो । सबै वडाहरुमा हुने रक्तदान कार्यक्रममा पायक पर्ने स्थानमा उपस्थित भएर रक्तदान गर्न नगर प्रमुखले नगरबासीमा अनुरोध गरेका छन् ।
नगर उपप्रमुख भवानी डोटेल धितालले कोरोना महामारीले रगतको अभाव भइरहेको थाहा हुने वित्तिकै नगरपालिकाको आकस्मिक बैठकले रक्तदान गर्ने निर्णय गरेअनुसार कार्यक्रम सुरु भएको बताएका छन् ।
रक्तदान कार्यक्रमका उप–संयोजक जय इन्द्रायणी साकोसका संस्थापक अध्यक्ष धुब्रराज खड्का सक्रियता र पहलकदमीमा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई ब्लड डोनर्स एसोसिएशन नेपाल, तारकेश्वर नगर समिति अध्यक्ष देबेन्द्र महर्जनले प्रचारप्रसार गर्ने कामको जिम्मा लिएका थिए । कार्यक्रमको मिडिया पार्टनरमा फरकपत्र डटकम रहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #रक्तदान कार्यक्रम
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्