Techie IT
शनिबार, असार २०,२०८३

चाईनिज ताईपेई बिरुद्ध नेपालको सहज जित


विश्वकप छनोटमा नेपालले बिहीबार चिनियाँ ताइपेईलाई हराएको छ । बिहीबार कुवेतमा भएको खेलमा नेपालले चिनियाँ ताइपेईलाई २-० ले हराएको हो ।

कुवेतको जबर अल–अहमद अन्तर्राष्ट्रिय रंगशालामा भइरहेको खेलमा नेपालका लागि अञ्जन विष्टले पेनाल्टीबाट चौथो मिनेटमा गोल गरेका हुन् ।

एसियाली विश्वकप छनोटको समूह ‘बी’ का खेल तटस्थ भूमिका रूपमा कुवेतमा भएको हो। नेपालले ताइपेईविरुद्धको पहिलो लेगको छनोटमा २–० को जित निकालेको थियो। त्यसमा दुवै गोल अञ्जनले नै गरेका थिए।

ताइपेईका खेलाडी चेङ हाउले आफ्नो पेनाल्टी एरियामा बल ह्यान्ड गरेपछि नेपालले पेनाल्टी प्राप्त गरेको हो र त्यसमा अञ्जनले सजिलै गोल गरे। अञ्जनको यो नेपालका लागि चौथो अन्तर्राष्ट्रिय गोल हो। त्यस्तै ८१औँ मिनेटमा नेपालका लागि दोस्रो गोल नवयुग श्रेष्ठले गरेका हुन्।

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीका लागि नेपालका तर्फबाट यो पहिलो औपचारिक खेल हो। यसअघि उनकै नेतृत्वमा नेपालले इराकविरुद्ध मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल खेलेको थियो।


क्याटेगोरी : खेलकुद, ब्रेकिंग न्युज, विशेष, समाचार
ट्याग : #breaking, #hot


तपाईको कमेन्ट लेख्नुहोस्