Techie IT
शुक्रबार, जेठ ३,२०८२

कालो ढुसीको सङ्क्रमणबाट कैलालीमा एकको मृत्यु


धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक म्युकोमाइकोसिस (कालो ढुसी) सङक्रमितको मृत्यु भएको छ ।

यही जेठ १७ गतेदेखि अस्पतालमा उपचाररत कैलालीको बर्दगोरियाकाका ६५ वर्षीय पुरुषको म्युकोमाइकोसिस (कालो ढुसी)का कारण मृत्यु भएको हो ।

उहाँको आज बिहान ७ः०० बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

लक्षण देखिएपछि ‘बायोप्सी’ परीक्षण गर्दा कालो ढुसी पुष्टि भएको अस्पताल प्रशासनले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #‘कालो ढुसी’, #hot


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Fair
5:12 am6:47 pm +0545