काठमाडौंमा पनि भेटिए कालो ढुसीको संक्रमित
काठमाडौं । म्युकोरमाइकोसिस (कालो ढुसी) को संक्रमण काठमाडौंमा पनि देखिन थालेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेल वीरगञ्जबाट देखिन थालेको यो संक्रमण बाँके, काठमाडौं लगायतका शहरमा देखिएको पुष्टि गर्छन् ।
वीरगञ्जमा वैशाखको तेस्रो साता ६७ वर्षीय एक पुरुषमा ब्लाक फङ्गस अर्थात कालो ढुसीको संक्रमण देखिएको थियो । तर अहिले १२ जना कोरोना संक्रमितमा यो संक्रमण पुष्टि भएको जानकारी मन्त्रालयमा आएको उनले बताए ।
‘वीरगञ्जमा देखा परेको यो संक्रमण अहिले काठमाडौंका अस्पतालहरुमा पनि देखिएका छन्,’ डा. पौडेलले भने, ‘त्रिवि शिक्षण अस्पतालमा तीन जना, वीर अस्पतालमा दुई जना र नर्भिक अस्पतालमा एकजनामा यसको संक्रमण देखिएको सूचना पाएका छौं । बाँकेको भेरी अस्पतालमा पनि यो संक्रमण देखिएको खबर आएको छ ।’
भारतको महाराष्ट्र, दिल्ली, गुजरातलगायतका शहरमा ९ हजार भन्दा बढी कोरोना संक्रमण निको भएका व्यक्तिहरुमा ब्ल्याक फंगसको संक्रमण देखिएको थियो ।
नेपालमा पनि गरेर कोभिड–१९ निको भएका बिरामीहरुमा ब्लाक फङ्गलको संक्रमण देखा परेको छ । ‘कोभिड संक्रमण हुने दर अहिले बढ्दो छ । संक्रमणको बेला धेरै जनाले स्टेरोइड लगायत एन्टिबायोटिक औषधिको प्रयोग गरेका छन्,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. पौडेलले भने, ‘कोभिड सञ्चो भएका व्यक्तिहरुमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले ब्लाक फङ्गसको संक्रमण बढ्न गएको हो ।’
यसले के संकेत गर्छ भने आगामी दिनमा कालो ढुसीको संक्रमण बढ्दै जाने सम्भावना प्रवल रहेको अनुमान गर्छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #‘कालो ढुसी’, #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्