लुम्बिनी प्रदेश सभा : मुख्यमन्त्री पोखरेलको राजीनामा माग्ने तयारी
जेठ । लुम्बिनी प्रदेश सभाको बजेट अधिवेशन आजदेखि शुरु हुँदैछ । बैठक दिउँसो १ बजे बस्ने कार्यक्रम छ । बैठकमा विपक्षी दलहरूले हंगामा गर्ने सम्भावना छ ।
विपक्षी दलहरूले भने मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग गर्ने तयारी गरेका छन् । कोरोना महामारी नियन्त्रणदेखि मुख्यमन्त्रीको राजीनामा सम्मको कुरा बैठकमा हुने विपक्षी नेताहरूले बताएका छन् ।
मुख्यमन्त्री पोखरेलले जालझेल गर्दा पनि बहुमतको अवस्थामा रहन नसकेको ठहर विपक्षी गठबन्धनको छ ।
वैशाख ६ गते अविश्वासको प्रस्ताव दर्ता गरेकोमा मुख्यमन्त्री पोखरेलले वैशाख १९ गते बोलाइएको संसद बैठक बस्न नपाउदै अर्कै बाटोबाट मुख्यमन्त्री नियुक्त भएपछि विपक्षी गठबन्धनमा तीव्र असन्तुष्ट रहदै आएको छ ।
दोश्रो पटक अविश्वासको प्रस्ताव दर्ता भएकोमा त्यसलाई पनि संसदमा प्रवेश गराइएको छैन । एमाले अल्पमतमा परेको अवस्थामा जनता समाजवादी पार्टीका सांसदहरूलाई मन्त्री नियुक्त गरेर आफ्नो पक्षमा ल्याउँदासमेत मुख्यमन्त्री अल्पमतमा छन ।
लुम्बिनी प्रदेश सभामा एमालेका ३८, कांग्रेसका १९, माओवादीका १९ (सभामुखसहित), अल्पकालीन आदेशबाट सांसद् पद पाएका ४ जनासहित जसपाका ६ र राष्ट्रिय जनमोर्चामा एक सांसद छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #शंकर पोखरे
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्