एसईई परिक्षा नहुने, आन्तरिक मूल्यांकनबाट सार्वजनिक गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको कानुनीमन्त्री लीलानाथ श्रेष्ठले जानकारी दिए ।
यस अघि राष्ट्रीय परीक्षा बोर्डले आइतबार एसईई परीक्षा वैकल्पिक विधिबाट संचालन गर्ने अनुमति माग्दै शिक्षा मन्त्रालयलाई पत्र लेखेको थियो।
यसअघि राष्ट्रिय परीक्षा बोर्डले आइतबार एसईई परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्ने अनुमति माग्दै शिक्षा मन्त्रालयलाई पत्र लेखेको थियो। कोरोना महामारी झन बढ्दै गएकाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठकै प्रस्ताव अनुसार निर्णय गरेको हो।
यस वर्षको एसईई जेठ १३ गतेलाई तोकिए पनि बढ्दो करोना महामारीका कारण हुन सकेको थिएन। गत वर्ष परीक्षा सुरु हुनुभन्दा एक दिन अगाडि एसईई स्थगित गरिएको थियो। गत वर्ष कक्षा १० र १२ का विद्यार्थीले पूरै अवधिसम्म पढ्न पाएका थिए । तयारी गरेका थिए । तर यस वर्ष पूरै अवधि पढ्न पाएका छैनन् र दोहोर्याएर अभ्यास गर्न त टाढाकै कुरा कोर्स नै पूरा हुन सकेको छैन।
गत वर्ष एसईईमा आन्तरिक मूल्याङ्कनका आधारमा र कक्षा १२ मा ४० प्रतिशत भारको लिखित तथा बाँकी अन्तरिक मूल्याङ्कनका आधारमा परीक्षा लिइएको थियो ।
क्याटेगोरी : ब्रेकिंग न्युज, विशेष, समाचार
ट्याग : #breaking, #hot, #एसईई परिक्षा, #नेपाल सरकार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्