यस्तो छ विप्लव बस्ने कपिलवस्तुको घर (फोटो फिचर)
। नेकपाका महासचिव विप्लव बस्ने घर सार्वजनिक भएको छ ।
नेपाली राजनीतिमा सँधै चर्चा कमाइरहने विप्लव नेकपालाई सरकारले आफैंले लगाएको प्रतिबन्धलाई खारेज गरिसकेको छ ।
तर, विप्लव भने शहरका ठूला बिल्डिङमा बस्न छोडेर कपिलवस्तुको दुर्गम गाउँको झुपडीमा बसेर राजनीतिक गतिविधी र जनतासँग हातेमालो गर्दै श्रममा आफैं जोडिएका छन् ।
विप्लव राहत वितरण, आइसोलेशन निर्माण, रक्तदान कार्यक्रम, खाना वितरण, स्वास्थ्य सामाग्री वितरण, अक्सीजन सिलिण्डर संकलन र कृर्षकहरुसँग कृर्षि कार्यमा व्यस्त छन् ।
हिमालयन टेलिभिजनका कार्यक्रम प्रस्तोता राजेन्द्र बानियाँ विप्लवको अन्तर्वार्ता लिनका लागि कपिलवस्तुको विप्लव बस्ने खरको झुपडी मै पुगेका थिए ।
बानियाँले फेसबुकमा यस्तो लेखेका छन्
– “राजनीतिमा लागेकाले ठूलो घरमा बस्नै हुन्न भन्ने होइन तर जनताको झुपडी पनि नहुने नेताका महलै महल । यस्तै राजनीतिक परिभाषाभित्र एकजना नेपालको दलीय राजनीतिका आशालाग्दा (कतिपय बेला बिबादित) पात्रलाई खोज्दै जाँदा उनी यहि महलमा फेला परे । महलमा मात्र निद्रा लाग्नेलाई यो महलले गिज्याउँछ होला ।”
बानियाँले ट्वीटरमा यसरी लेखेका छन् – “पत्याउनै गाह्रो, यो झुपडी नेपाली राजनीतिका एकचर्चामा आइरहने पात्रको निवास हो । पत्याउनु हुन्छ ?


क्याटेगोरी : समाचार
ट्याग : #विप्लव बस्ने कपिलवस्तुको घर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्