Techie IT
सोमबार, वैशाख २२,२०८२

भियतनाममा फेरी नयाँ प्रजातिको कोरोनाभाइरस फेला , हावाबाट छिटो फैलने


अहिले विश्वका विभिन्न देशमा एकपछि अर्को भेरियन्टसहितको कोरोनाभाइरस देखिइरहेको छ । यस्तै भियतनाममा फेरी नयाँ प्रजातिको कोरोनाभाइरस फेला परेको छ ।

भियतनामका स्वास्थ्यमन्त्री नुगेन थानले बेलायती भेरियन्ट र भारतीय भेरियन्ट मिलेर बनेको यो नयाँ प्रजातिको कोरोनाभाइरस देखिएको र यो खतरनाक हुने बताएका छन् । उनका अनुसार यो प्रजातिको कोरोनाभाइरस हावाबाट छिटो फैलने गर्छ ।

सन् २०१९ को अन्त्यमा चीनबाट फैलन शुरु गरेको कोरोनाभाइरस अहिले परिवर्तन हुँदै जाँदा खतरनाक बन्दै गइरहेको छ । भियतनाममा देखिएको कोरोनाभाइरस संक्रामक रहेको बताइएको छ । यहाँ पछिल्ला केही हप्तादेखि कोरोना संक्रमण बढ्दै गइरहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #corona


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Mostly Cloudy
5:19 am6:41 pm +0545