ब्रम्हाकुमारी राजयोग केन्द्रलाई श्रेष्ठ दम्पतीको सहयोग
खाँदबारी – संखुवासभा खाँदबारी १ घरभई हाल अमेरिका निवासी श्रेष्ठ दम्पतीले ब्रम्हाकुमारी राजयोग केन्द्र खाँदबारीलाई भवन निर्माणका लागि आर्थिक सहयोग गरेका छन् । जीवन श्रेष्ठ तथा रेनु श्रेष्ठले ब्रम्हाकुमारी राजयोग केन्द्र (ओम शान्ति) को भवन निर्माणका लागि नगद साठी हजार रुपैयाँ उपलब्ध गराउनु भएको संखुवासभाका केन्द्र प्रमुख संचालिका रचना आचार्यले जानकारी गराउनुभयो ।
जन्मथलो खाँदबारी आउनुभएका जीवन श्रेष्ठले उक्त रकम ब्रम्हाकुमारी राजयोग केन्द्रका सदस्य खड्ग चापागाईलाई हस्तान्तरण गर्नुभएको हो । रकम हस्तातरण गर्नुहुदै श्रेष्ठले भन्नुभयो–‘हाम्रो स्वर्गीय बुवाआमा सूर्यबहादुर/छन्द कुमारी श्रेष्ठको स्मृतीमा धार्मिक क्षेत्रमा सहयोग गर्न पाउदा खुसि लागेको छ ।’ श्रेष्ठले आगामी दिनमा पनि जिल्लाभर रहेका गरिब बालबालिका र असाहाय वृद्धवृद्धाहरुलाई सहयोग गरिरहने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।

प्रमुख संचालिका आचार्यले अमेरिका बसेर पनि आफ्नो जन्मस्थललाई सम्झिएर सहयोग उपलब्ध गराउनु भएकोमा श्रेष्ठ दम्पतिलाई धन्यबाद ब्यक्त गर्नुभएको छ ।
क्याटेगोरी : विशेष, देश परदेश, समाचार
ट्याग : #ब्रम्हाकुमारी राजयोग केन्द्र, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्