Techie IT
बुधबार, मंसीर ३,२०८३

वृद्ध भत्ता ४ हजार पुग्यो , सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशतले वृद्धि


सरकारले सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशत वृद्धि गरेको छ ।

शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिक, एकल महिला तथा अपांगहरुलाई दिइने मासिक भत्तामा ३३ प्रतिशत वृद्धि गरिएको घोषणा गरे ।

यसका लागि १ खर्ब छुट्याएको उनले जानकारी दिए ।

राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको तथ्यांक अनुसार मुलुकभर ३२ लाख ५८ हजार १ सय २९ जनाले सामाजिक सुरक्षा भत्ता खाइपाइ आएका छन् । जसमध्ये १७ लाख ३९ हजार ३५९ जनाले बृद्धभत्ता बुझ्दै आएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #वृद्ध भत्ता


तपाईको कमेन्ट लेख्नुहोस्