काभ्रेस्थलीमा २४ बेडको आइसोलेशन सञ्चालनमा ,वडाअध्यक्ष केसीको पहलमा विषेषज्ञ डाक्टरबाट उपचार
काठमाडौं । तारकेश्वर नगरपालिका वडा नं. २ को सक्रियतामा नीजि क्षेत्रले सञ्चालन गरेको आइसोलेसनबाट आज ७३ वर्षिय बृद्धले कोरोना जित्न सफल भई घर फर्किएका छन् ।
वडा अध्यक्ष रविन्द्र केसीकाअनुसार वडा कार्यालयको सक्रियता र सल्लाहमा जेठ ७ गतेदेखि तारकेश्वर २ को पदमशाल चोक स्थित नीजि क्षेत्रको लगानीमा सञ्चालित नमस्ते उपकार नेपाल पोलिक्लीनिक डाइग्नोसिस सेन्टरबाट माइण्ड केसका कोरोना संक्रमित व्यक्तिहरुको उपचारका लागि आइसोलेशन सञ्चालनमा ल्याएको बताउनुभएको छ । आफ्नो वडा र छिमेकी वडाहरूका बिरामीहरूलाई समेत सहजता होस् भन्नका खातिर विषेश विषेषज्ञ डाक्टरहरूबाट उपचार गराउनुको साथै २४ शैयाको आइशोलेसन सेन्टर सन्चालनमा आईरहेको छ ।
आफ्नै वडामा सञ्चालनमा आएको आइसोलेशनबाट ७३ वर्षिय रामजी घिमिरेले कोरोना जित्न सफल भएकोमा वडाअध्यक्ष रविन्द्र केसीले दोसल्ला लगाएर सम्मान गर्नुका साथै स्वास्थ्य लाभको कामना सहित आइसोलेशनबाट बिदाई गर्नुभएको थियो ।
आइसोलेशन केन्द्रमा ल्याव सेवा, इसिजि, एक्स–रे र भिडियो एक्स–रे सेवा समेत रहेको छ । जसमा अहिलेसम्म ७ जना कोभिड बिरामीहरूको उपचार भइरहेको छ । अहिलेसम्म २ जना निको भई डिस्चार्ज भइसकेका छन् भने १ जनालाई बीर हस्पिटलमा रिफर गरिएको छ ।
समुदायभित्रका वौद्धिक व्यक्तिहरु, राजनैतिक दलका प्रतिनिधि साथै सामाजिक व्यक्तिहरूको अग्रसरतामा नियमित निगरानिका साथ आइसोलेशन सञ्चालन भइरहेको छ । आइसोलेशन सञ्चालनका निमित्त मानवताको सेवा धर्मस्थलीले अक्सिजन उपलब्ध गराएको थियो । आइसोलेशन सञ्चालनमा सहयोग गर्ने संस्था, समुदाय र व्यक्तिहरुलाई वडा अध्यक्ष रविन्द्र केसीले धन्यवाद दिनुभएको छ । केसीले नेपाल सरकारले आजदेखि कडाईपुर्वक जारी गरेको निषेधाज्ञालाई पूर्ण पालना गर्न वडाबासीलाई आग्रह समेत गरेका छन् ।




क्याटेगोरी : समाचार
ट्याग : #नमस्ते उपकार नेपाल पोलिक्लीनिक डाइग्नोसिस सेन्टर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्