मकालु हिमालको आधार शिविरबाट फोहोर संकलन (फोटोफिचर)
शिविरबाट ६ हजार ६०७ किलोग्राम फोहोर संकलन
संखुवासभाको मकालु गाउँपालिकामा पर्ने विश्वको पाचौ हिमशिखर मकालु हिमालबाट साढे ६ हजार किलोग्राम फोहोर संकलन गरिएको छ । नेपाल सरकारको ‘सफा हिमाल अभियान २०२१’ अन्तर्गत नेपाली सेनासहितको टोलीले फोहोर संकलन गरिएको छ।
मकालु हिमालको आधार शिविरबाट ६ हजार ६०७ किलोग्राम फोहोर संकलन गरेको टोलीमा सहभागी नेपाली सेनाका मेजर रुपकजंग थापाले जानकारी दिनुभयो । हिमाल भावी सन्ततिका लागि जोगाउन सरकारले अभियान चलाएको मेजर थापाको भनाइ थियो । टोलीले मकालु हिमालको ७ हजार ४०० मिटर उचाईसम्मको फोहोर संकलन गरेको जनाएको छ । फोहोर हेलिकप्टरमार्फत मकालु गाउँपालिकाको केन्द्र नुम ल्याइएको थापाले बताउनुभयो ।

फोहोर संकलन गर्न नेपाली सेनाका १० र पिक प्रमोसन एजेन्सीका २४ जनाको टोली गत वैशाख १२ गते मकालु हिमालको आधार शिविर पुगेको थियो । टोलीले जेठ ११ गतेसम्म मकालु हिमालको पहिलो, दोस्रो, तेस्रो र चौँथो क्याम्पमा फोहोर संकलन गरेको थियो ।

यस्तै, सफा हिमाल अभियान अन्तर्गत मकालु, सगरमाथा, ल्होत्से, पुमोरी, धौलागिरि, आमादब्लम हिमालको सरसफाई गरेको टोलीले जनाएको छ। सगरमाथा र ल्होत्से हिमालको जेठ १५ गतेसम्म फोहोर संकलन हुने टोलीले जनाएको छ। ‘सफा हिमाल अभियान २०२१’ अन्तर्गत फोहोर संकलन टोलीले मकालु हिमालबाट चार हजार आठ सय ८२ किलोग्राम नकुहिने फोहोर र १७ सय २५ किलोग्राम कुहिने फोहोर संकलन गरेको थियो ।

गाउँपालिका अध्यक्ष तेजबहादुर पोख्रेलललाई १७ सय २५ किलोग्राम कुहिने, जल्ने र सड्ने फोहोर बुझाएको टोलीमा सहभागी मेजर थापाले जानकारी दिनुभयो । नेपाल सरकारले हिमाल सफाइका लागि नेपाली सेनालाई वातावरण मन्त्रालयबाट १२ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।



क्याटेगोरी : वातावरण-कृषि, विशेष, समाचार
ट्याग : #मकालु हिमाल, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्