नदीजन्य पदार्थ उत्खनन गर्ने ६ वटा ट्रयाक्टर नियन्त्रणमा
चितवन । अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन गर्ने ट्रयाक्टरहरुलाइ चितवन प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ईच्छाकामना गाउँपालिका ७ भोटी खोलामा अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन गर्दै गरेको अवस्थामा ना ५ त ५२८६, लु ४ त, ना ५ त ८१९०, ना ५ त ८४८२, ना ७ त ६२९८ र ना ३ त ५०११ नम्बरको ट्याक्टर सहित कालिका नगरपालिका २ बस्ने बर्ष २१ को सन्देश तामाङ, कालिका नगरपालिका ३ बस्ने बर्ष २० को बिनोद तामाङ, ईच्छाकामना गाउँपालिका ७ बस्ने बर्ष २१ को खड्क सिह मोक्तान, सोही ठाउँ बस्ने बर्ष ३१ को रामलाल तामाङ, कालिका नगरपालिका ३ बस्ने बर्ष २१ को सरोज चौधरी, कालिका नगरपालिका २ बस्ने बर्ष २८ को श्यामकुमार गुरौलाइ नियन्त्रणमा लिइ थप कार्वाहीको लागी जिल्ला समन्वय समिति चितवनमा बुझाएकोमा उनीहरुलाइ प्रति ट्रयाक्टर दश हजार रुपैयाँ जरीवाना तिराइ छाडिएको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्