‘नरहरि खनाल स्मृति पत्रकारिता पुरस्कार’ बाट सूर्यचन्द्र बस्नेत सम्मानित
तनहुँ, जेठ । राष्ट्रिय समाचार समिति राससका कार्यकारी सम्पादक सूर्यचन्द्र बस्नेतलाई प्रेस यूनियन तनहुँले स्थापना गरेको ‘नरहरि खनाल स्मृति पत्रकारिता पुरस्कार’ पहिलो पटक प्रदान गरिने भएको छ । पत्रकारिता क्षेत्रमा साढे दुई दशकदेखि क्रियाशील यूनियका पूर्व जिल्ला अध्यक्ष रहेका बस्नेतलाई पाँच हजार ५५५ नगद तथा सम्मानपत्रसहित पुरस्कृत गरिने भएको हो । पत्रकार बस्नेतले कानुनमा स्नातक र पत्रकारितामा स्नातकोत्तर तहको शिक्षा हासिल गर्नुभएको छ । हाल बस्नेत सुप्रिम कलेज सामाखुशी र सेफर्ड कलेज नयाँ वावेश्वरमा पत्रकारिता विषय पढाउनुहुन्छ ।
युनियनका जिल्ला अध्यक्ष अमरराज नहर्कीको अध्यक्षतामा मंगलबार बसेको भर्चुअल बैठकले बस्नेतलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । शिक्षक खनालका स्मृतिमा उहाँका छोरा लक्ष्मीभक्त खनालले युनियनलाई सो पुरस्कार स्थापनार्थ सहयोग गर्नुभएको थियो । लक्ष्मीभक्त नेपाल विद्यार्थी सङ्घका पूर्वसहमहामन्त्री हुनुहुन्थ्यो । सो पुरस्कार युनियन स्थापना दिवसका अवसरमा यही जेठ १३ गते प्रदान गरिने भए पनि परिस्थिति सहज भएपछि अर्पण गरिने अध्यक्ष नहर्कीले जानकारी दिनुभयो ।
युनियनका पूर्वजिल्ला अध्यक्ष बस्नेतले तनहुँबाटनै राष्ट्रपुकार साप्ताहिकबाट पत्रकारिताको क्यारियर शुरुआत गर्नुभएको थियो । बस्नेतले समाचारपत्र, हिमालय टाईम्स र आदर्श समाज दैनिकको जिल्ला संवाददताको रुपमा काम गर्नुभयो । दमौलीमै नव व्यासवाणी साप्ताहिकको सम्पादक र तनहुँ आवाज साप्ताहिकको उपसम्पादकका रुपमा काम गर्नुभयो । राससमा २०५३ मा पाँचौ तहमा केहीसमय काम गर्नुभएका पत्रकार बस्नेतले पछि स्ट्रिञ्जर, अधिकृत तहमा स्थायीसँगै राससको तत्कालीन क्षेत्रीय कार्यालय पोखराको प्रमुख तथा केन्द्रीय कार्यालयमा उपप्रमुख समाचारदाता, प्रमुख समाचारदाताकारुपमा समेत काम गरिसक्नुभएको छ । नेपाल पत्रकार महासङ्घ रासस शाखाका पूर्वअध्यक्ष बस्नेतले रासस सञ्चालक समितिका सदस्यको जिम्मेवारीसमेत निर्वाह गरिसक्नुभएको छ । यस अघि बस्नेतले विभिन्न सम्मानसहित नेपाल पत्रकार महासंघ तनहुँले प्रदान गर्ने पत्रकारिता पुरस्कार, रासस पत्रकारिता पुरस्कार — २०६६, पोखरा रोयल सहकारी क्षेत्रीय पत्रकारिता पुरस्कार — २०६६, आरसी कृषि पत्रकारिता पुरस्कार — २०६६ र जीपी कोइराला सक्रिय पत्रकारिता पुरस्कार — २०७० प्राप्त गरिसक्नुभएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #सूर्यचन्द्र बस्नेत
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्