Techie IT
बिहीबार, जेठ २,२०८२

माधव नेपाल र झलनाथ खनालसहित ११ नेतालाई एमालेबाट निष्कासन


काठमाडौँ । नेकपा एमालेले पार्टीको गतिबिधि र अभियान छाडेर नेपाली कांग्रेस र माओवादीको अभियानमा निरन्तर सहभागी हुँदै आउनुभएका माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ जना पूर्व सांसद बर्खास्त (निष्कासित) हुनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको एमालेको स्थायी कमिटी बैठकले दुइ पूर्वप्रधानमन्त्रीसहित विघटित संसदका ११ जना सांसदलाई बर्खास्त गरेको हो । बैठकले शनिवार स्पष्टिकरण मागिएका ११ जनालाई पार्टीको अनुशासन उल्लंघन गरेको र विपक्षी पार्टीका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको भन्दै बर्खास्त गरेको हो ।

निष्कासनमा पर्नेमा रामकुमारी झाँक्री,मुकुन्द न्यौपाने,कलिला खातुन,सरला यादव,पुष्पाकुमारी कर्ण,निरादेवी जैरु,पुष्पा कर्ण कायस्थ र कल्याणी खड्का समेत छन्

१२ जनालाई भने २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय भएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #माधव नेपाल र झलनाथ खनाल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Mostly Cloudy
5:12 am6:47 pm +0545