माधव नेपाल र झलनाथ खनालसहित ११ नेतालाई एमालेबाट निष्कासन
काठमाडौँ । नेकपा एमालेले पार्टीको गतिबिधि र अभियान छाडेर नेपाली कांग्रेस र माओवादीको अभियानमा निरन्तर सहभागी हुँदै आउनुभएका माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ जना पूर्व सांसद बर्खास्त (निष्कासित) हुनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको एमालेको स्थायी कमिटी बैठकले दुइ पूर्वप्रधानमन्त्रीसहित विघटित संसदका ११ जना सांसदलाई बर्खास्त गरेको हो । बैठकले शनिवार स्पष्टिकरण मागिएका ११ जनालाई पार्टीको अनुशासन उल्लंघन गरेको र विपक्षी पार्टीका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको भन्दै बर्खास्त गरेको हो ।
निष्कासनमा पर्नेमा रामकुमारी झाँक्री,मुकुन्द न्यौपाने,कलिला खातुन,सरला यादव,पुष्पाकुमारी कर्ण,निरादेवी जैरु,पुष्पा कर्ण कायस्थ र कल्याणी खड्का समेत छन्
१२ जनालाई भने २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #माधव नेपाल र झलनाथ खनाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्