Techie IT
बिहीबार, जेठ २,२०८२

कोरोना लागेको मानिसलाई देखिन थाल्यो आँखामा “ब्ल्याक फङ्गस”

निको भएको १२ देखि १८ दिनमा सङ्क्रमण हुन सक्ने


जेठ । भारतमा झण्डै ९ हजार जनालाई ब्ल्याक फङ्गस भएको पाइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार अहिलेसम्म ८ हजार ८ सय जनाभन्दा धेरैमा यो रोग देखिएको छ ।

प्रायः दुर्लभ मानिने यो रोग अहिले प्रकोपका रूपमा फैलिरहेको छ । कोरोना निको भएको १२ देखि १८ दिनमा यसको सङ्क्रमण हुन सक्ने अनुमान गरिएको छ ।

यो रोग लागेपछि सङ्क्रमितलाई जोगाउन शल्यक्रिया गरेर आँखा फाल्नुपर्ने अवस्था पनि आउने गरेको डाक्टरले बताएका छन् ।

कोभिड उपचारका क्रममा प्रयोग गरिने स्टेरोइड औषधिको प्रयोगका कारण ब्ल्याक फङ्गस देखा परेको हुनसक्ने डाक्टरलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

मधुमेह भएका बिरामीमा यसको सङ्क्रमण धेरै हुने जोखिम छ ।अहिलेसम्म भारतको गुजरात र महाराष्ट्र राज्यका यो रोगको बिरामी धेरै भेटिएका छन् ।

अन्य १५ वटा राज्यमा पनि यसको सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि भारतका २९ वटा राज्यमा प्रकोप घोषणा गर्न भनिएको छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #“ब्ल्याक फङ्गस”, #breaking


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:12 am6:47 pm +0545