कोरोना लागेको मानिसलाई देखिन थाल्यो आँखामा “ब्ल्याक फङ्गस”
निको भएको १२ देखि १८ दिनमा सङ्क्रमण हुन सक्ने
जेठ । भारतमा झण्डै ९ हजार जनालाई ब्ल्याक फङ्गस भएको पाइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार अहिलेसम्म ८ हजार ८ सय जनाभन्दा धेरैमा यो रोग देखिएको छ ।
प्रायः दुर्लभ मानिने यो रोग अहिले प्रकोपका रूपमा फैलिरहेको छ । कोरोना निको भएको १२ देखि १८ दिनमा यसको सङ्क्रमण हुन सक्ने अनुमान गरिएको छ ।
यो रोग लागेपछि सङ्क्रमितलाई जोगाउन शल्यक्रिया गरेर आँखा फाल्नुपर्ने अवस्था पनि आउने गरेको डाक्टरले बताएका छन् ।
कोभिड उपचारका क्रममा प्रयोग गरिने स्टेरोइड औषधिको प्रयोगका कारण ब्ल्याक फङ्गस देखा परेको हुनसक्ने डाक्टरलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।
मधुमेह भएका बिरामीमा यसको सङ्क्रमण धेरै हुने जोखिम छ ।अहिलेसम्म भारतको गुजरात र महाराष्ट्र राज्यका यो रोगको बिरामी धेरै भेटिएका छन् ।
अन्य १५ वटा राज्यमा पनि यसको सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि भारतका २९ वटा राज्यमा प्रकोप घोषणा गर्न भनिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #“ब्ल्याक फङ्गस”, #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्