माधवकुमार नेपालले अब नयाँ पार्टी गठन गर्ने
काठमाडौँ । विपक्षी गठबन्धनको पक्षमा उभिएका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अब नयाँ पार्टी गठन गर्ने बताउनु भएको छ ।
एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका कदमविरुद्ध आन्दोलनका लागि प्रतिपक्षी दलसँग सहकार्य गरेका नेपालसहितका ११ जनालाई स्पष्टीकरण सोधिएलगत्तै नेता नेपालको यस्तो भनाइ सार्वजनिक भएको हो ।
एक दैनिक पत्रिकालाई अन्तर्वार्ता दिँदै नेता नेपालले अब नयाँ पार्टी खोल्न लागेको खुलासा गर्नु भएको हो । एमाले फेरि फुटको दिशामा लागेको हो ? भन्ने प्रश्नमा नेता नेपालले भन्नु भएको छ, ‘केपी शर्मा ओलीले धकेलेर त्यतै पुर्याउँदै हुनुहुन्छ । अर्को पार्टी खोल्न बाध्य पार्दै हुनुहुन्छ ।’
साथै, नेता नेपालले पार्टी एकताका लागि गठन भएको कार्यदलको औचित्य पार्टी अध्यक्ष ओलीले नै सिध्याइदिनु भएको आरोप लगाउनु भएको छ । कार्यदल बनेपछि सल्लाह गरेर अघि बढ्नु पर्ने अवस्थामा ओलीले एक्लौटी गरेको उहाँको भनाइ छ । आफूहरू प्रतिनिधिसभा र लोकतन्त्र जोगाउन फेरि संघर्षमा उत्रने बताउँदै उहाँले भन्नुभयो, ‘त्यसैबाट कम्युनिस्ट पार्टी पनि जोगिने हो ।’
नेपाल पक्षको शनिबारको स्थायी कमिटी बैठकले ओलीको प्रतिगमनविरुद्ध राजनीतिक र कानूनी दुवै लडाइँमा जाने निर्णय गरेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #माधवकुमार नेपाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्