जंगली च्याउ खादा सिलिचोङका एकै घरका नौ जना बिरामी

संखुवासभा जिल्लाको सिलिचोङ गाउँपलिका वडा नं. ५ याफुका जंगली च्याउ खाँदा एकै घरको ९ जना विरामी परेका छन् ।
गत शुक्रबार रातिदेखि घरका बुवा बुद्ध बहादुर राई र आमा बुद्धि माया राईसहित परिवारका नौ जना विरामी परेका छन् । विरामी पर्नेमा छोराहरु महेन्द्र राई, बिरेन्द्र राई, शहदेव राई, कान्छी बुहारी, छोरी, नातिनी र नाति रहेका छन् ।
शुक्रबार साँझ जंगलबाट फर्किने क्रममा च्याउ टिपेर ल्याई खाएर सुतेपछि मध्यरातबाट परिवारका सबैलाई बान्ता हुन थालेको स्थानीय प्रेम मेवाहाङले जानकारी दिनुभयो ।
याफु आधारभूत स्वास्थ्य सेवा इकाईबाट ९ जना मध्ये ८ जनालाई जिल्ला अस्पताल खाँदबारी रेफर गरिएको थियो ।
नौ जनाको परिवार मध्ये बुवा भने याफू आधारभूत स्वास्थ्य ईकाईमा नै उपचार भईरहेको र अन्यको जिल्ला अस्पताल संखुवासभामा उपचार भईरहेकोमा किड्नी र कलेजोमा बढि समस्या देखिएकोले उनीहरुलाई जिल्ला अस्पताल संखुवासभाबाट आईतबार विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको अस्पतालले जनाएको छ ।
क्याटेगोरी : विशेष, समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्