चितवन ट्राफिकको भवन शिलान्यास, भाडामा बस्नुपर्ने बाध्यता हट्ने बिश्वास
चितवन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको कार्यालय भवन शिलान्यास गरिएको छ ।

आज (शनिबार) जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) ओमप्रसाद अधिकारीले कार्यालय भवनको शिलान्यास गरेका हुन् । भवन शिलान्यास भएसंँगै झन्डै २२ बर्ष देखी भाडामा बसेर सेवा दिदै आएको प्रहरीको बाध्यता समेत अन्त्य हुने बिश्वास लिइएको छ ।

ट्राफिक प्रहरी कार्यालयको आफ्नै भवन नहुँदा प्रहरीले सास्ती खेप्नुपरेको थियो । भाडाको भवन त्यसैमाथि जीर्ण हुँदा कार्यालय सञ्चालनमा समेत समस्या हुने गरेको प्रहरीहरुको गुनासो छ । प्रहरी कार्यालय आफैं ब्यवस्थित नहुँदा प्रहरी आफैं दिक्क बन्दै आएका थिए । यतिसम्म कि कार्वाहीको सिलसिलामा विभिन्न स्थानहरूबाट ल्याइएको सवारीसाधन लाई समेत भवन अभावकै कारण सडकमा नै पार्किङ गर्नुपर्ने बाध्यता रहेको छ भने, मेस तथा बत्ती र ट्वाइलेटको समेत राम्रो व्यवस्था छैन ।
जिल्ला प्रहरी कार्यालय परिसरमा बन्ने यो भवन ६ कोठाको रहने जनाइएको छ । जिल्ला प्रहरी कार्यालयको पछाडि पट्टी ६ कोठाको कार्यालय भवन बनाउने गरी शिलान्यास गरिएको उक्त भवन बजेट अभावले अहिले तत्काल डीपीसी मात्र गर्ने तयारीमा रहेको (एसपी) अधिकारीले बताए । उनले पर्याप्त स्रोतसाधनको अभावले नै ट्राफिक प्रहरीलाई समस्या हुने गरेको बताए ।

क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्