जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने संकेत

जेठ । जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने संकेत गरेको छ ।
जसपाले आफ्ना सांसदहरुलाई काठमाडौँ नछोड्न पनि आग्रह गरेको छ ।
सिंहदरबारमा शुक्रबार बसेको संसदीय दलको बैठकले सो निर्देशन दिएको हो ।
बैठकमा नेता महतोले प्रधानमन्त्री ओलीले आफूहरुको माग पुरा गरिरहेको बताउँदै ओलीलाई समर्थन गर्नुपर्ने धारणा राखेका थिए ।
जसले मधेशको माग पूरा गर्छ उसलाई आफ्नो पार्टीको समर्थन रहनुपर्ने नेता महतोको भनाइ थियो ।
महतोले भने, ‘सरकारलाई समर्थन गर्नुपर्यो भने प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने हो नभए तटस्थ बस्नुपर्छ । दुवै विकल्पमा जसपा जानसक्छ ।’
जसपाले सरकार गठन तथा समर्थनका लागि अध्यक्ष महन्थ ठाकुरलाई जिम्मा दिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #जनता समाजवादी पार्टी
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्