Techie IT
सोमबार, भदौ ८,२०८३

साङ्गला प्रहरी इन्चार्ज श्रेष्ठको बिदाइ , नयाँ इन्चार्जमा सई कमल बिष्ट


तारकेश्वर साङ्गला प्रहरी इन्चार्ज जाली नारायण क्षेष्ठको बिदाइ तथा नवआगन्तुक असई कमल बिष्टलाई स्वागत गरिएको छ।

२०५१ सालमा  जवानबाट प्रहरीमा प्रवेश गरेका ईन्चार्ज श्रेष्ठ २०७१ सालमा असईमा बढुवा भएका थिए ।

दोलखा स्थायी घर भएका श्रेष्ठ यस अघि जितपुर , फुटुङ्ग र साङ्गलाको इन्चार्ज श्रेष्ठले प्रहरी र स्थानीयबीच समन्वयात्मक सम्बन्ध हुनुका साथै चौकी क्षेत्रमै शान्ति सुरक्षाको अनुभूति दिलाएका थिए ।

भ्रष्टाचार र अपराध विरूद्धको शून्य सहनशीलताको नितिलाई अवलम्बन गरेका असई जाली नारायण श्रेष्ठले स्थानिय स्तरमा शान्ति सुव्यवस्थामा सुधार, चोरी पैठारी, तस्करी, डकैती, फोन धम्की, संगठित अपराध जस्ता घटनाहरुमा न्यूनीकरण गराएका छन ।

चौकी इन्चार्ज रहेर काम गर्दा तारकेश्वरका जनप्रतिनिधि , समाजसेवी , शिक्षक,स्थानियबासी बुद्धिजीवी र राजनीतिक व्यक्तिको बिशेष सहयोग मिलेको भन्दै सइ श्रेष्ठले सम्पुर्ण लाई धन्यवाद दिदै आउदादिनमा पनि आफ्नो सक्दो साथ सहयोय हुने बताए ।

त्यस्तै प्रहरी चौकीका नयाँ असई कमल बिष्टले स्थानीयबासी एवं सरोकारवालाहरुको सहयोगमा ईमानदारीता पुर्बक जिम्मेवारी बहन गर्ने प्रतिब्द्धता सहित शान्ति सुब्यवस्थामा निरन्तर लागी पर्ने बताए ।

कैलाली स्थाही घर भएका सई कमल बिष्ट यस अघि महानगरीय प्रहरीबृत महाराजगंज र बालाजुमा कार्यरत थिए ।

 


क्याटेगोरी : समाचार
ट्याग : #साङ्गला प्रहरी


तपाईको कमेन्ट लेख्नुहोस्