अब जनतालाई कोरोनाबाट मुक्त गर्न सरकारलको आफ्नो सम्पुर्ण ध्यान केन्द्रीत

बैशाख ३१ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले अब जनतालाई कोरोनाबाट मुक्त गर्न सरकारले आफ्नो सम्पुर्ण ध्यान केन्द्रीत गर्ने बताउनुभएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयमा आज उपप्रधानमन्त्री पदमा पुनः पदभार ग्रहण गर्दै उहाँले सरकारको सम्पूर्ण ध्यान अब कोरोना संक्रमितको उपचार, रोकथाम र नियन्त्रणमा केन्द्रीत हुने बताउनुभयो । ‘अब हामी कोरोना संक्रमितको उपचार, उपकरण तथा अस्पतालहरुको व्यवस्थापन र चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रोत्साहनमा केन्द्रीत हुन्छौं,’ सिसिएमसीका संयोजकसमेत रहनुभएका उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आज पदभार ग्रहणपछि सम्बोधन गर्ने क्रममा कोरोना संकटबाट जनतालाई मुक्त गर्न सरकार केन्द्रीत हुने कुरामा जोड दिनुभएको उल्लेख गर्दै उपप्रधानमन्त्री पोखरेलले यो अभियानमा साथ दिन सम्पूर्ण नेपालीहरुलाई आह्वान पनि गर्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #ईश्वर पोखरेल
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्