Techie IT
सोमबार, भदौ ८,२०८३

केपी ओली र माधव नेपालबीच भेटवार्ता हुँदै


वैशाख । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता हुने भएको छ ।

अध्यक्ष ओलीको प्रस्तावमा नेता नेपाल भेटवार्ताका लागि सहमत भएको बताइएको छ । कहाँ र कतिबेला भेट्ने भन्ने तय हुन बाँकी छ ।

 

बिहीबार बिहान नेता विष्णुप्रसाद पौडेलले नेता नेपालसँग भेटवार्ता गरेका थिए ।

भेटका क्रममा पौडेलले सांसद पदबाट राजीनामा दिँदा सरकार र पार्टी दुवै नजोगिने भएकाले छलफलमा बस्न प्रस्ताव राखेका थिए । तर नेपालले भने आफ्नो शर्त प्रस्ट भएको जवाफ दिएका थिए । नेता नेपालसँगको भेटपछि बालुवाटारमा ओलीले स्थायी कमिटी बैठक राखेका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #केपी ओली र माधव नेपाल


तपाईको कमेन्ट लेख्नुहोस्