काठमाडौँ उपत्यकामा ३ हजार ९२४ जनामा कोरोना , १६८ जना संक्रमितको मृत्यु
वैशाख । बितेको २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै थप ३ हजार ९२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जसमध्ये काठमाडौँमा ३२५०, ललितपुरमा ४४८ र भक्तपुरमा २२६ जनामा संक्रमण देखिएको हो ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार ३०५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा थप ९ हजार ३०५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट र एन्टिजेन विधिबाट परीक्षण गर्दा ९ हजार ३०५ जनामा संक्रमण पुष्टि भएको हो।
यससँगै कुल संक्रमितको संख्या ४ लाख २२ हजार ३४९ जना पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप ४ हजार ४४४ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ३ लाख १६ हजार ४६३ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ६३४ जना रहेको छ ।
२४ घण्टामा थप १६८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ४ हजार २५२ जना पुगेको मन्त्रालयले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #संक्रमित
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्