जुवाडे ग्याङमा भेटिए काठमाडौंका यी धनाढ्य युवती
काठमाडौं । मुलुक कोरोना भाइरसको दोस्रो चरणको महामारीमा छ । धनाढ्य युवा युवतीको जुवाडे ग्याङलाई त्यसको मतलव छैन ।
ज्यानै माया मारेर उनीहरु एक ठाउँमा भेला भई नियमित जुवा खेलेपछि प्रहरीको फन्दामा परेका छन् । ती सबैलाई विशेष सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त लैनचौरबाट खटिएको प्रहरीले समातेको छ ।
उनीहरुबाट प्रहरीले मंगलबार १० लाख ९७ हजार नगदसहित २५ जना जुवाडेहरू पक्राउ गरेको छ । जुवाको खालबाट पक्राउ पर्नेमा युवतीहरू पनि छन् ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१६ बहती पोखरीस्थित पिताम्बर गौतमले सञ्चालन गरेको फेवा दर्शन होटलबाट २५ जना जुवाडेलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश कुमार बस्नेतले जानकारी दिएका छन् ।
पक्राउ पर्नेमा काठमाडौं–१६ बस्ने होटल सञ्चालक पिताम्वर गौतम, भारतको ओडिसा घर भइ काठमाडौंको लगनटोल बस्ने ४८ वर्षीय कानु प्रधान, काठमाडौं–१६ बस्ने ३७ वर्षीया रञ्जना ढकाल रहेका छन् ।
काभ्रेको बनेपा घर भइ काठमाडौंको नयाँबजार बस्ने ४७ वर्षीय पुरुषोत्तम न्यौपाने, महोत्तरीको लोरपटि–२ घर भइ काठमाडौं बस्ने ३८ वर्षीय मनोजकुमार मण्डल पनि पक्राउ परेका छन् ।
प्रहरीले बझाङको दुर्गाथली गाउँपालिका– ७ घर भइ काठमाडौं स्वयम्भू बस्ने २६ वर्षीय उमेश विक, काभ्रेको पाँचखाल–३ घर भइ काठमाडौंको सीतापाइला बस्ने ४५ वर्षीय विजय कार्की, चितवनको भरतपुर–११ घर भइ काठमाडौं–७ बस्ने ४७ वर्षीय जगतबहादुर गुरुङलाई पक्राउ गरेको छ ।
मोरङको कानेपोखरी गाउँपालिका–२ भर भइ काठमाडौं–२६ बस्ने ४० वर्षीय नवीन्द्रकुमार गुरुङ पनि जुवा खालबाट पक्राउ परेका छन् ।
सिन्धुपाल्चोक घर काठमाडौं–४ बस्ने ज्योतिप्रकाश श्रेष्ठ, मकवानपुरको टिष्टुङ घर भइ काठमाडौंको चन्द्रगिरी बस्ने ३७ वर्षीय बिर्खबहादुर थिङ पनि पक्राउ परेका छन् ।
धादिङको रोराङ गाउँपालिका–२ घर भइ काठमाडौं–२९ बस्ने ३५ वर्षीय पदमबहादुर तामाङ, ललितपरको लगनखेल बस्ने ४२ वर्षीय शंखर माली, भक्तपुरको चाँगुनारायण बस्ने ४० वर्षीय रामेश्वर गौतम, मकवानपुरको हेटौंडा घर भइ काठमाडौंको म्हेपी बस्ने २६ वर्षीय रामकृष्ण वाइवा पनि पक्राउ परेका छन् ।
दोखलाको जिरि–७ घर भइ काठमाडौं–१६ बस्ने २८ वर्षीय छिरिङ शेर्पा, काभ्रेको रोशी गाउँपालिका–१ घर भइ काठमाडौं–६ बस्ने ३३ वर्षीय मिनसाङ लामा, ललितपुर महानगरपालिका–४ बस्ने ३० वर्षीय अनिल सेढाइँ, काठमाडौंको तार्केश्वर–११ बस्ने ५५ वर्षीय राम अधिकारीलाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ ।
मुगु घर काठमाडौं–४ बस्ने ३७ वर्षीय तेञ्जिङ लामा, काठमाडौं–१६ बस्ने ३८ वर्षीय ग्यालछेल लामा, नवलपरासीको बर्दघाट–१२ घर भइ काठमाडौं–२६ बस्ने ३५ वर्षीय छिरिङ लामा, ललितपुरको लुभु बस्ने ३८ वर्षीया ज्योति थापा र सल्यानको कालिमाटी गाउँपालिका–३ भर भइ काठमाडौंको नागार्जुन–३ बस्ने ४० वर्षीय बलबहादुर राउत पनि जुवा खालबाट पक्राउ परेका छन् ।
पक्राउ परेकाहरूको साथबाट ३० बुक तास, तास खेल्न प्रयोग गरिएको ५० वटा क्वाइन समेत बरामद गरिएको एसपी बस्नेतले जानकारी दिए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #जुवाडे ग्याङ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्