अटेर गरेपछि खाँदबारीमा कडा निषेधाज्ञा ( फोटोफिचर )

खाँदबारी, बैशाख २७ – कोरोना संक्रमण फैलिएपछि खाँदबारी नगरपालिका र उद्योग वाणिज्य संघले गरेको बजारबन्दलाई स्थानीयले अटेर गरेपछि प्रशासनले सोमबार देखि जेठ २ सम्म संखुवासभामा निषेधाज्ञा लगाएको छ ।

नगरपालिका र व्यवसायीले गरेको बन्दमा पसल व्यवसाय आंशिक रुपमा खुलेको र यातायातका साधन निर्वाध गुडेपछि प्रशासनले कडाईका साथ निशेधाज्ञा जारी गरेको हो । बन्दको अवज्ञा भएपछि बाध्य भएर संक्रमणको नियन्त्रण र जोखिम न्यूनीकरणका लागि एकसातासम्म जिल्ला भरि निषेधाज्ञा लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरेले बताए । यसअघि व्यापारी र नगरपालिकाले जेठ २२ देखि खाँदबारी नगरक्षेत्र बन्द गरेका थिए ।

निषेधाज्ञाको अवधिभर अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किन, सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न, भेला, सभा सम्मेलन, भोजलगायत भीडभाड हुने गतिविधि गर्न रोक लगाईएको छ । निजी तथा अति आवश्यक कामकाज बाहेकका सबै सवारी साधानहरु बन्द गरिएको छ । त्यस्तै अति आवश्यक बाहेकका पसल, कलकारखाना, व्यापारिक कारोबार बन्द छ । औषधोपचार, दूध, पानी, सरसफाई, खाद्यान्नलगायतका पसल स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गरिएको छ ।









क्याटेगोरी : फोटो फिचर, विशेष, समाचार, स्थानीय
ट्याग : ##कोभिड१९, #corona update, #hot, #संखुवासभा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्