Techie IT
शनिबार, असार २०,२०८३

प्रधानमन्त्रीले आज विश्वासको मत लिने

विशेष अधिवेशनको बैठक १ बजे बस्ने


सीता पौडेल (अर्चना)

काठमाडौं ।राष्ट्रपतिद्धारा एक हप्ता अगाडिदेखि आह्वान गरिएको विशेष अधिवेशन बैठक आज बस्दैछ ।प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरिएको संसदको विशेष अधिवेशनको बैठक आज बस्ने तयारी अनुरुप नै बस्न लागेको हो।

बैठक आज दिउँसो १ बजे बस्ने बताइएको छ। शुरुमा शीर्ष नेताहरुले सम्बोधन गर्ने र विश्वासको मतदान गर्ने प्रकुयामा जुट्ने  त्यसपछि कोरोनाबाट संक्रमित सदस्यहरुले पनि मतदान गर्न पाउने गरी विशेष व्यवस्था मिलाइएको संसद सचिवालयले जनाएको छ।

यस अघि यहि वैशाख १९ गते  आइतबार बसेको मन्त्रिपरिषद बैठकले संसदको विशेष अधिवेशनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।प्रधापीनमन्त्रीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठानेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले एक साता अगाडि नै आजका लागि प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरेकी थिइन्।

प्रधानमन्त्री पदमा कायम रहन प्रधानमन्त्रीले १३८ सांसदको समर्थन लिनुपर्छ ।यस अवसरमा एमालेले आफ्ना सबै सांसदलाई विश्वासको मतको पक्षमा मतदान गर्न अनुरोध गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : ##प्रधानमन्त्री#विश्वासको मत, ##विशेष अधिवेशन बैठक, #breaking, #राष्ट्रपतिद्धारा आह्वान गरिएको विशेष अधिवेशन बैठक आज बस्दै


तपाईको कमेन्ट लेख्नुहोस्