लेलेका वेहुला–वेहुलीमा कोरोना संक्रमण
खाँदबारी – संखुवासभाको मादी नगरपालिका–३, लेलेका वेहुला–वेहुलीमा कोरोना संक्रमण भएको छ । बैशाख २३ मा भएको विवाहका २५ बर्षीय वेहुला र २० वर्षीय वेहुलीमा संक्रमण पुष्टि भएको नगर प्रमुख विदुर लिङ्थेपले जानकारी दिनुभयो ।
विवाह भएको दुई दिनपछि संक्रमण देखिएको मादीको स्वास्थ्य शाखाले जनाएको छ । ज्वरो र रुघाखोकी आएपछि शनिबार परीक्षण गराउँदा उनीहरुमा संक्रमण पुष्टि भएको हो । पढाइको सिलसिलामा काठमाडौं बस्दै आएका उनीहरु १५ दिनअघि काठमाडौंबाट मादी आएका थिए । विवाह र पुराण एकै घरमा भएको थियो । विवाहमा तीन सय भन्दा बढी सहभागी भएकाले सहभागीहरुलाई सजक रहन मादी नगरपालिकाले अनुरोध गरेको छ । गाउँमा नै संक्रमण फैन सक्ने भएकोले लेले गाउँनै सिलगरी स्वाव संकलनका लागि स्थास्थ्यकर्मी टोली परिचालन गरिएको नगरप्रमुख लिङ्थेपले बताउनुभयो । संक्रमित देखिएका दम्पतीलाई चैनपुरमा राखीएको छ । जिल्लामा हाल एक सय एकाईस जना भन्दा बढी कोरोना संक्रमति रहेका छन् ।
यस अघि पनि विवाह भोजभतेरमा सहभागीहरुमा संक्रमण देखिएको थियो । यसले समुदाय स्तरमा कोरोना फैलिएको हुन सक्ने देखाएको छ । संक्रण बढ्दो रुपमा भएपनि विवाह, पुराण, पुजा लगायतका धार्मीक कार्यहरुमा भिडभाड निकै बाक्लो देखिने गरेको छ । भिडभाड भएपनि स्थास्थ्य मापदण्ड नअपनाउँदा जिल्लमा संक्रण दर बढेको छ ।
संक्रण बढे सँगै जिल्ला प्रशासन कार्यालय संखुवासभाले आइतबार राती देखि जेष्ठ २ गते सम्मका लागि निशेधाज्ञा जारी गरेको छ । संक्रमण रोक ऐन, २०२० को दफा २, र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) अनुसार जिल्ला भर निषेधाज्ञा जारी गर्ने निर्णय सुरक्षा समितिले गरेको हो ।
क्याटेगोरी : विशेष, समाचार, स्वास्थ्य
ट्याग : #कोरोना, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्