आज संवैधानिक परिषदको बैठक , देउवा र सापकोटाद्वारा बहिस्कार
वैशाख । प्रधानमन्त्री केपी ओलीले विभिन्न आयोगहरूमा नियुक्तिको सिफारिस गर्न आज संवैधानिक परिषदको बैठक बोलाएका छन् ।
परिषदको बैठक केही समयपछि बालुवाटारमा बस्नेछ । संवैधानिक आयोगहरूमा रिक्त पदाधिकारीमा नियुक्तिको सिफारिसबारे छलफल हुनेछ ।
लोकसेवामा सबै पदाधिकारी रिक्त छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २ सदस्य रिक्त छन् । महिला आयोगसहित केही संवैधानिक आयोगमा पनि रिक्त छ ।
संवैधानिक आयोगहरुका पदाधिकारी नियुक्तिका लागि परिषदले सिफारिस गर्दछ । सिफारिसमा परेका व्यक्तिहरुको संसदीय सुनुवाइको प्रक्रिया पूरा गरिन्छ । त्यसपछि राष्ट्रपतिले नियुक्ति गर्ने व्यवस्था छ ।
प्रधानमन्त्री ओलीद्वारा आह्वान गरिएको बैठक प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाले बहिस्कार गर्ने यसअघिनै जनाइसकेका छन् ।
प्रधानमन्त्री अध्यक्ष हुने संवैधानिक परिषदमा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश र प्रमुख प्रतिपक्षी दलका नेता रहन्छन् ।
बहुमतको आधारमा नियुक्तिको सिफारिस गर्न सकिने व्यवस्थासहित अध्यादेश जारी गरिएको छ । अध्यादेशको विरोध देउवाले गरिसकेका छन् । माओवादी केन्द्रले पनि अध्यादेशको विरोध गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #संवैधानिक परिषदको बैठक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्