Techie IT
बिहीबार, जेठ २,२०८२

आज संवैधानिक परिषदको बैठक , देउवा र सापकोटाद्वारा बहिस्कार


वैशाख । प्रधानमन्त्री केपी ओलीले विभिन्न आयोगहरूमा नियुक्तिको सिफारिस गर्न आज संवैधानिक परिषदको बैठक बोलाएका छन् ।

परिषदको बैठक केही समयपछि बालुवाटारमा बस्नेछ । संवैधानिक आयोगहरूमा रिक्त पदाधिकारीमा नियुक्तिको सिफारिसबारे छलफल हुनेछ ।

लोकसेवामा सबै पदाधिकारी रिक्त छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २ सदस्य रिक्त छन् । महिला आयोगसहित केही संवैधानिक आयोगमा पनि रिक्त छ ।

संवैधानिक आयोगहरुका पदाधिकारी नियुक्तिका लागि परिषदले सिफारिस गर्दछ । सिफारिसमा परेका व्यक्तिहरुको संसदीय सुनुवाइको प्रक्रिया पूरा गरिन्छ । त्यसपछि राष्ट्रपतिले नियुक्ति गर्ने व्यवस्था छ ।

प्रधानमन्त्री ओलीद्वारा आह्वान गरिएको बैठक प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाले बहिस्कार गर्ने यसअघिनै जनाइसकेका छन् ।

प्रधानमन्त्री अध्यक्ष हुने संवैधानिक परिषदमा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश र प्रमुख प्रतिपक्षी दलका नेता रहन्छन् ।

बहुमतको आधारमा नियुक्तिको सिफारिस गर्न सकिने व्यवस्थासहित अध्यादेश जारी गरिएको छ । अध्यादेशको विरोध देउवाले गरिसकेका छन् । माओवादी केन्द्रले पनि अध्यादेशको विरोध गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #संवैधानिक परिषदको बैठक


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
29°
Fair
5:13 am6:46 pm +0545