पछिल्लो २४ घण्टामा आठ हजार ४१८ नयाँ कोरोनाका सङक्रमित, ५३ जनाको निधन

पछिल्लो २४ घण्टामा कूल आठ हजार ४१८ जना कोरोनाका नयाँ सङ्क्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ३०४ नमूना परीक्षण गरिएकामा उक्त संख्यामा सङ्क्रमित फेला परेका हुन् । पछिल्लो २४ घण्टामा कोरोनाका कारण ५३ जनाको ज्यान गएको छ ।
यस्तै, तीन हजार ३७० जना निको भएका छन् । मन्त्रालयका अनुसार कूल तीन हजार ६३२ जनाको हालसम्म मृत्यु भएको छ ।
हालसम्म कूल २६ लाख १५ हजार ७२० जनाको परी क्षण गरिएको छ । कूल तीन लाख ८५ हजार ८९० जना कोरोना पोजेटिभ देखिएको छ । तीमध्ये आइसोलेशनमा पुष्टि भएका केसको संख्या ८३ हजार ४९३ रहेको छ ।
मन्त्रालयका अनुसार हालसम्म दुई लाख ९८ हजार ७६५ जना निको भएका छन् । मन्त्रालयका अनुसार काठमाडौँमा दुई हजार २७० जना नयाँ सङ्क्रमित थपिएका छन् ।
यस्तै भक्तपुरमा ३८१ जना र ललितपुरमा ४६२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौँमा सक्रिय सङ्क्रमितको संख्या २६ हजार ४२६ छन् । निको भएकाको संख्या एक लाख १४ हजार ५८०, मृत्यु भएकाको सङ्ख्या ८२० रहेको छ । भक्तपुरमा तीन हजार ५४० जना सक्रिय सङ्क्रमित छन् भने निको भएकाको सङख्या नौ हजार ९१४ छन् भने १७२ जनाको ज्यान गएको छ ।
ललितपुरमा हाल सक्रिय सङक्रमितको सङ्ख्या पाँच हजार ७१२ रहेका छन् भने निको भएकाको सङ्ख्या १७ हजार ८१३ छन् । यस्तै कोरोनाका कारण २३३ जनाको ज्यान गएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कोरोनाका सङक्रमित
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्