सिआइडी हुँ भन्दै चोरी गर्ने ६ जना पक्राउ
चितवन । सिआइडी हुँ भन्दै चोरी गर्ने एक समूहलाइ चितवन प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गोरखा घर भई भरतपुर महानगर ११ बस्ने २२ वर्षीय विमल गुरूङ, सोही ठाउँ बस्ने २५ वर्षीय सागर कुमाल, २० वर्षीय समीर कुमाल, २१ वर्षीय सन्दिप गुरूङ, भरतपुर महानगर १० का २२ वर्षीय निर्दोष थापा र बाग्लुङको जैमिनी नगरपालिका वडा नंम्बर ८ घर भई भरतपुर महानगर ११ बस्ने २४ वर्षीय जीवन पौडेल रहेका छन् ।
पक्राउ परेकाहरुमध्य बिमल गुरुङ र सागर कुमालले गएको बिहीबार आफु सिआइडी भएको भन्दै भरतपुर महानगरपालिका वडा नंम्बर १० सिनर्जी चोकस्थित शुष्मा गुरूङको घरमा प्रवेेेश गरी चाँदीको बाला १ थान र ४६ हजार रुपैयाँ चोरी गरेर फरार भएका थिए ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) ओम प्रसाद अधिकारीका अनुसार चोरी भएको भन्ने सूचना प्राप्त भएलगत्तै प्रहरी अधिकृतको कमान्डमा खटिएको टोलीले पक्राउ परेकाहरुसँग सोधपुछ गर्दा उक्त घटनामा अन्य ४ जना ब्यक्तिहरु समेत संलग्न रहेको बताएपछि प्रहरीले उनीहरुलाई समेत पक्राउ गरेको जनाएको छ । पक्राउ परेकाहरु माथि जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राखी थप अनुसन्धान गर्ने कार्य भईरहेको (एसपी) अधिकारीले बताए ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्