सिआइडी हुँ भन्दै चोरी गर्ने ६ जना पक्राउ

चितवन । सिआइडी हुँ भन्दै चोरी गर्ने एक समूहलाइ चितवन प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गोरखा घर भई भरतपुर महानगर ११ बस्ने २२ वर्षीय विमल गुरूङ, सोही ठाउँ बस्ने २५ वर्षीय सागर कुमाल, २० वर्षीय समीर कुमाल, २१ वर्षीय सन्दिप गुरूङ, भरतपुर महानगर १० का २२ वर्षीय निर्दोष थापा र बाग्लुङको जैमिनी नगरपालिका वडा नंम्बर ८ घर भई भरतपुर महानगर ११ बस्ने २४ वर्षीय जीवन पौडेल रहेका छन् ।
पक्राउ परेकाहरुमध्य बिमल गुरुङ र सागर कुमालले गएको बिहीबार आफु सिआइडी भएको भन्दै भरतपुर महानगरपालिका वडा नंम्बर १० सिनर्जी चोकस्थित शुष्मा गुरूङको घरमा प्रवेेेश गरी चाँदीको बाला १ थान र ४६ हजार रुपैयाँ चोरी गरेर फरार भएका थिए ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) ओम प्रसाद अधिकारीका अनुसार चोरी भएको भन्ने सूचना प्राप्त भएलगत्तै प्रहरी अधिकृतको कमान्डमा खटिएको टोलीले पक्राउ परेकाहरुसँग सोधपुछ गर्दा उक्त घटनामा अन्य ४ जना ब्यक्तिहरु समेत संलग्न रहेको बताएपछि प्रहरीले उनीहरुलाई समेत पक्राउ गरेको जनाएको छ । पक्राउ परेकाहरु माथि जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राखी थप अनुसन्धान गर्ने कार्य भईरहेको (एसपी) अधिकारीले बताए ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्