लागूऔषध गाँजासहित एक जना पक्राउ

चितवन । चितवन प्रहरीले प्रतिबन्धित लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका २७ का २९ वर्षीया सुदिप थापा मगर रहेका छन् । उनको साथबाट प्रहरीले २५० ग्राम प्रतिबन्धित लागूऔषध गाँजा फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) ओम प्रसाद अधिकारीका अनुसार गएको बैशाख २१ गते दिउँसो साँढे ४ बजेको समयमा भरतपुर महानगरपालिका ४ रामघाटस्थित पुल्चोकदेखी शरणपुरतर्फ जाँदै गरेको ना.३७.प ६२३१ नम्बरको स्कुटरले साइकलयात्री जमिर अतरलाई ठक्कर दिएर भाग्न खोज्दा उनलाई प्रहरीले नियन्त्रणमा लिइएको थियो ।
पक्राउ परेका मगरको शरीर खानतलासी गर्दा उनले लगाएको कालो ज्याकेटको भित्रपट्टी कागजको २३ ओटा पोका पारी २३ ओटा पोकालाई प्लाष्टिक भित्र लुकाई छिपाई राखेको अबस्थामा २५० ग्राम प्रतिबन्धित लागूऔषध (गाँजा) फेला परेको बताए । पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्