संखुवासभामा आइतबार देखि जेष्ठ २ गते सम्म निषेधाज्ञा

खाँदबारी – संखुवासभामा कोरोना संक्रमितको संख्यामा वृद्धि भएपछि जिल्ला प्रशासन कार्यालय संखुवासभाले आइतबारबाट पहिलो चरणको निषेधाज्ञा जारी गर्ने भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र(डिसिसिएमसी) संखुवासभाको शुक्रबार बसेको बैठकले बैशाख २६ देखि जेष्ठ २ गते राती १२ बजे सम्म जिल्ला भर निषेधाज्ञा गर्ने सिफारिस गरेको हो ।
जिल्लामा संक्रमण दर बढिरहेकाले संक्रमण फैलन नदिन जिल्ला भर निषेधाज्ञा जारी गरिने प्रमुख जिल्ला अधिकारी टेक नारायण पोख्रेलले जानकारी गराए । संक्रमण रोक ऐन, २०२० को दफा २, र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) अनुसार जिल्ल भर लागु हुने गरी जारी गर्ने निर्णय सुरक्षा समितिले निर्णय गरेको छ ।
जिल्लामा हाल सम्म ९० जना संक्रमित भएका छन् । जस मध्ये १४ जना निको भएको स्वास्थ्य कार्यालय संखुवासभाले जनाएको छ । निषेधाज्ञा प्रभावकारी बनाउन सुरक्षा कडा पारिने जनाएको छ ।
#जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र(डिसिसिएमसी) संखुवासभाको निर्णयहरु :
क्याटेगोरी :
अपराध/सुरक्षा,
विशेष,
समाचार,
स्वास्थ्य
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्