निफमा चलचित्र उद्योगमा रोजगारको अवसर तथा सामाजिक रुपान्तरण विषयक अन्तरक्रिया कार्यक्रम
काठमाडौं– नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ) को चौथो संस्करणको दोश्रो दिन आज चलचित्र उद्योगले नेपालमा रोजगारको अवसर तथा सामाजिक रुपान्तरण विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
जुममार्फत गरिएको उक्त कार्यक्रममा नेपाली चलचित्र क्षेत्र तथा यसमा श्रमको अवस्था बारे चलचित्र जगतका हस्तीहरुसंग गहन छलफल गरिएको नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठान एवं निफका अध्यक्ष केपी पाठकले बताए ।
कार्यक्रममा वरिष्ठ कलाकार हरिबंश आचार्यले चलचित्र क्षेत्रमा सरकारले बौद्धिक कपी राइटको संरक्षण गर्ने पर्ने बताउँदै यस क्षेत्रमा काम गर्नेहरुको उचित बिमाको ब्यवस्था गर्ने आग्रह गरे ।
चलचित्रमार्फत रोजगारी एवं सामाजिक रुपान्तरण गर्ने मौलिक कथाहरुको श्रृजना गर्न आवश्यक रहेको बताए ।
कार्यक्रममा वरिष्ठ कलाकार निर शाहले नेपालको चलचित्र क्षेत्रमा रोजगारीको श्रृजना कसरी गर्ने जनशक्तीको विकास कसरी गर्ने लगायत बिषयमा गहन अध्यन बिना शुरु भएको उद्योगले थोरै मात्रामा भएपनि चलचित्र जगतमा श्रमशक्ति स्थापित गर्ने सफल भएको बताए ।
डिजिटल उपकरण, प्रविधि, दक्ष जनशक्ति पनि नेपाली चलचित्र उद्योगले विकास गरेको र श्रमिकहरुको क्रमिक रुपमा विकास भएको शाहको भनाइ छ ।
यसैबीच चलचित्र विकाकास बोर्डका अध्यक्ष दयाराम दाहालले चलचित्रकर्मीहरुलाई दक्ष बनाउन एवं विश्व् बजारमा प्रतिस्पर्धा गर्न सिनेमा शिक्षालाई ब्यवसायिक बनाउन जरुरी रहेको बताए ।
अध्यक्ष दाहाल भन्छन्– ‘राज्यले नै सिने योद्धाहरु तयार गर्नुपर्छ । चलचित्र निर्माणले मात्र रोजगारी श्रृजना गर्दैन, तसर्थ सिनेमालाई पर्यटनसंग जोड्नु पर्छ र डिजिटल सिनेमाको अवधारणा अघि बढाउनु पर्छ । समाजमा सिनेमा संस्कृतिको विकाश गर्न पर्छ । सिनेमाको बारेमा वहस गर्न पर्छ । सिनेमामा नयाँ प्रबिधि भित्रयाउने पूर्ण भन्सार छुट गर्न पर्छ । चलचित्र विकास बोर्डमा स्टोरी बैंकको अवधारण शुरु भैसकेको छ । यो नितिगत रुपमा पास भैसको र चलचित्रमा केही समय कथामा लगानी, केही समय दक्ष प्राबिधिक जनशक्तिमा राज्यले लगानी गर्न पर्नेछ ।’
सेन्न्सरको झमेलालाई अब अनलाइनमार्फत पनि ब्यवस्थित बनाइनु पर्ने, कर्पोरेट हाउसहरुलाई चलचित्रमा आकर्षण गराउनु आवश्यक रहेको अध्यक्ष दाहालको भनाई छ ।
सोही अवसरमा अन्तराष्ट्रिय श्रम संगठनका प्रतिनिधि माननिय डा। बिन्दा पाण्डेले चलचित्र क्षेत्रमा कृयाशिल संगठनहरुमार्फत नियम , कानुनहरु बाधा भएमा छलफलमार्फत समाधान गर्न आफू तयार रहेको बताइन् ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाँलले निफको वहस कार्यक्रम निकै अर्थपूर्ण रहेको र चलचित्र उद्यागको रुपान्तरणमा विशेष महत्व राख्ने बताए ।
स्वरोजगार, आत्मनिर्भर बनाउनमा चलचित्र उद्योग पनि महत्वपूर्ण गन्तब्य रहेको छ ।
सरकारको लक्ष्य अनुरुप वार्षिक ५ लाख युवालाई नयाँ रोजगारी श्रृजना गर्ने सहयोग हुने तथा बजेट निमार्णको पूर्वसन्ध्यामा गरिएको यो वहसले चलचित्र क्षेत्रमा बजेटिङमा सजिलो हुने बताए ।
कार्यक्रममा कलाकार बसुन्धारा भुषाल, सुरक्षा पन्त, सामाजिक सुरक्षा कोषका निर्देशक कमलमणि ज्ञवाली, वरिष्ठ अर्थशास्त्री डा.विश्व पौडेल, पूर्व सचिव चन्द्र घिमिरे लगायतले पनि आफ्नो धारणा राखेका थिए ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #निफ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्