टोखा चण्डेश्वरी स्वास्थ केन्द्रमा १५ बेडको अक्सिजन सहित आइसोलेशन शुरू
काठमाडौं । टोखा नगरपालिकाले दोस्रो चरणको कोरोना सङ्क्रमण बढेसँगै आजदेखि अक्सिजनसहितको आइसोलेशन केन्द्र सञ्चालनमा ल्याएको हो । अक्सीजन सिलिण्डरको अभावमा अहिले १५ बेड मात्र सञ्चालनमा ल्याइए पनि सिलिण्डरको व्यवस्था हुने वित्तिकै ५० बेडको अक्सीजिन थेरापीसहितको आइसोलेसन तयार गर्ने भएको छ ।
डाक्टर र औषधिसहित तयार गरिएको आइसोलेसनमा अहिले २ जना बिरामी रहेपनि १ जनाको अवस्था गम्भीर भएकाले अन्य अस्पताल रिफर भएको मेयर प्रकाश अधिकारीले बताए ।
मेयर अधिकारीका अनुसार आजै साँझसम्म अरु ३ जना कोरोना संक्रमित बिरामी राखीने छ ।
टोखा नगरपालिकाले नगर उपप्रमुख डङ्गोलको संयोजकत्वमा आइसोलेसन सेन्टर व्यवस्थापन तथा अनुगमन समिति निर्माण गरी कोभिडका बिरामीको उपचारका लागि सम्भावित स्थानको अध्ययन गरिरहेको छ । यस्तै नपाले बढ्दो कोरोना सङ्क्रमितलाई ध्यानमा राखेर अक्सिजन थेरापीसहितको आइसोलेसन केन्द्र निर्माण गर्न लागेको छ।

टोखा ७ को राधास्वामीको भवनमा ८८ बेडको अक्सीजन थेरापीसहितको आइसोलेसन तयार हुन लागेको छ । काठमाडौं महानगरपालिका र टोखा नगरपालिकाको सहयोगमा सिसिएमसीको निर्णयअनुसार आर्मीले हेर्ने गरी आइसोलेसन सञ्चालनमा आउन लागेको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #टोखा चण्डेश्वरी स्वास्थ केन्द्र
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्