संखुवासभाको चिचिला गाउँपालिकाका अध्यक्षले प्रयोग गर्दै आएको गाडीलाई एम्बुलेन्स बनाइयो
संखुवासभा – संखुवासभाको चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ नुर्बु शेर्पाले आफैँले प्रयोग गर्दै आएको गाडीलाई एम्बुलेन्स बनाउनुभएको छ । गाउँपालिकाका स्थानीय बिरामी पर्दा अन्य सवारीसाधनले कोरोनाको डरले बोक्न आनिकानी गर्दा र सवारी साधन पनि पर्याप्त नहुँदा गाउँपालिका अध्यक्ष शेर्पाले आफुले प्रयोग गर्दै आएको गाडीलाई एम्बुलेन्स बनाउने गर्ने निर्णय गर्नुभएको हो ।
विश्वभर दोस्रो लहरको नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमणदर बढिरहेको अवस्थामा प्रसूतिलगायत जटिल रोगका बिरामीलाई समयमा सहयोग पुगोस् भन्ने उद्देश्यले गाडीलाई एम्बुलेन्सको रूपमा प्रयोग गर्न थालिएको गाउँपालिका अध्यक्ष शेर्पाले बताउनुभयो ।
यातायात साधनको अभावमा अन्य सेवाग्राहीलाई एम्बुलेन्सको अभाव नहोस् भनेर आफूले प्रयोग गर्दै आएको गाडी एम्बुलेन्सको रूपमा प्रयोग गर्न थालिएको अध्यक्ष शेर्पाले बताउनुभयो ।
चिचिला गाउँपालिकाको स्वामित्वमा एउटा एम्बुलेन्स छ । उक्त एम्बुलेन्सले कोरोना संक्रमित तथा शंकास्पद व्यक्तिहरूलाई मात्रै बोक्ने गरेको छ । सोही एम्बुलेन्सबाट अन्य मानिसलाई समेत सेवा दिँदा असुरक्षित हुने डरले अध्यक्षले प्रयोग गर्ने गाडीलाई नै एम्बुलेन्सको रूपमा प्रयोग गर्ने व्यवस्था गरिएको गाउँपालिकाको भनाइ छ । चिचिला गाउँपालिकाले यसअघिको गाउँसभाबाट गर्भवती र प्रसूतिहरूलाई निःशुल्क रूपमा एम्बुलेन्स सेवा दिँदै आएको छ ।
क्याटेगोरी :
विशेष,
समाचार,
स्वास्थ्य
ट्याग : #एम्बुलेन्श, #कोरोना, #चिचिला गाउँपालिका, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्